Prakash Adhikari November 21, 2026

पोखरा (कास्की), ५ मंसिर । नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न गठित समितिका केन्द्रीय संयोजक प्राडा शशाङ्क कोइरालाले पार्टीको नियमित महाधिवेशन पार्टी जीवनको निरन्तरता भएको बताउनुभएको छ ।

पोखरामा गण्डकी कांग्रेसको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

धेरै कार्यकर्ताहरूले अहिलेको अवस्थामा पार्टीमा धेरै अप्ठ्यारा आइरहेको गुनासो गरेपछि उहाँले अहिले कुनै समस्या नरहेको बरु पार्टी निर्माणका समयमा आफूहरूले भोगेको अप्ठ्यारा सुनाउनुभयो ।

‘तपाईंहरु भन्नुहुन्छ अप्ठ्यारो छ । अहिले केही अप्ठ्यारो छैन । अप्ठ्यारो हामीले भोगेर आएका हौँ,’ उहाँले फेहरिस्त सुनाउदै भन्नुभयो, ‘बीपी कोइराला बनारसमा बस्नुहुन्थ्यो । गिरिजाले भन्नुभयो पैसाका लागि हाइज्याकिङ गर्नुभयो, बीपी कोइरालालाई सोधेर गरिएको होइन । बीपीले हाइज्याकिङ थाहा छ भनेर सोध्नुभयो । गिरिजाले शान्तिपूर्ण हुन्छ भन्नुभयो । त्यो अप्ठ्यारो थियो । अहिले त लोकतन्त्र आएको छ, अधिकार संविधानले दिएको छ ।’

उहाँले कठिन समयमा संविधान निर्माणमा सुशील कोइरालाको भूमिकालाई धन्यवाद दिनुभयो। डा. कोइरालाले बीपी र दलाई लामाको सम्बन्धबारे पनि संक्षेपमा उल्लेख गर्नुभयो । ‘बीपीजी गिरिजासँग सोच छैन, दर्शन छैन । सुवर्ण शमशेरलाई भेट्नुपर्छ भनेर कलकत्ता जानुहुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘होइन भने दलाइ लामा शारनाथमा बस्थे, उनलाई भेट्छु उनले खुराक दिन्छन् भन्नुहुन्थ्यो । त्यस्तो व्यक्ति हुनुहुन्थ्यो बीपी कोइराला ।’

May be an image of crowd

Share Now