Prakash Adhikari December 8, 2018

 

कीर्तिपुर(काठमाडौं), २२ मंसिर । एभरेस्ट प्रिमियर लिग अन्तर्गत टियु मैदानमा भएको उद्घाटन खेलमा पारस खड्काको नेतृत्वमा रहेको बिराटनगर वारियर्सले ज्ञानेन्द्र मल्लको कप्तानीुमा रहेको ललितपुर प्याट्रीएट्सलाई ३ विकटले जितेको छ ।

टस हारेर १०५ रनको लक्ष्य पाएको वारियर्सले ७ विकेटको क्षतिमा एक बल बाँकी रहदा सो लक्ष्य पूरा गर्यो ।

विराटनगरका लागि करन केसीले ३६,आसिफ शेखले १९ र अनिल शाहले ११ रन बनाए । वारियर्सलाई पीएभान मिकिरनले ९,कप्तान पारस खड्का र सुदीप महर्जनले ८ ।८ रन बनाए । एचबी चौहानले ४ र एसकै पटेलले एक रन बनाए ।

विराटनगरको पारीमा सन्दीप लामिछाने र तमोरले ३ । ३ र राजवंशीले १ गरि ७ विकेट लिएका थिए ।

यता टस जितेर ब्याटिंग रोजेको ललिलपुरले २० ओभरमा ९ विकेट गुमाउदै १०४ रनको योगफल तयार गरेको थियो ।

टस जितेर ब्याटिंग रोजेको ललितपुरले राम्रो सुरुवात गर्न सकेन। ओपनर जयकिसन कोल्सावालालाई करन केसीले ४ रनको योगफलमा पहिलो ओभरमै आउट गरे। कोल्सावालाको विकेटपछि तेश्रो नम्बरमा ब्याटिंग गरेका गौरभ तोमरले पनि ४ रनमा भान डर मर्वेको बलमा ४.५ ओभरमा विकेट गुमाए।

सुस्त ब्याटिंग गर्दै एउटा किनार सम्हालीरहेका पवन सर्राफले पनि लामो पारि खेल्न सकेनन् र नवौं ओभरको अन्तिम बलमा उनलाई मर्वेले बोल्ड गर्दा प्याट्रीएट्सले तेश्रो विकेट गुमाउन पुग्यो। सर्राफले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे।

९ ओभरमा ३८.३ को खराब स्थितिबाट दशौँ ओभरमा कुशल भुर्तेललाई खाता नखोल्दै स्मित पटेलले स्टम्प आउट गराए जसपछि प्याट्रीएट्स३९.४ ( ९.२ ) को नाजुक अवस्थामा पुग्यो।

छैठौं नम्बरमा ब्याटिंग गर्न आएका सन्नी पटेल र चौथो नम्बरमा ब्याटिंग गरेका कप्तान ज्ञानेन्द्र मल्लले त्यसपछि पाँचौ विकेटको लागि साझेदारी अघि बढाए। तर सन्नी पटेल पारस खड्काको बलमा लंग अनमा ठुलो सट खेल्ने चक्करमा आउट हुन पुगे। भान डर मर्वेले बाउन्ड्रीमा डाइभ गर्दै उत्कृस्ट क्याच लिए जसपछि सन्नी २० रन ( १५ बल, ३ चौका ) बनाएर आउट हुन पुगे।

त्यसपछि सातौँ नम्बरमा ब्याटिंग गरेका सन्दिप जोरा पनि ४ रनमा योगफलमा बसन्त रेग्मीको बलमा ठुलो सट खेल्ने चक्करमा मिड विकेटमा समातिन पुगे। जसपछि योगेन्द्र सिंह कार्की पनि खाता नखोल्दै पारस खड्काको सिधा थ्रोमा रन आउट हुन पुगे।

एक किनार सम्हालेर ब्याटिंग गरिरहेका कप्तान मल्ल पनि अन्तिम ओभरको पाँचौ बलमा करन केसीको बलमा विकेटकिपर आसिफ शेखबाट समातिन पुगे। अर्धशतक बनाउन १ रनले चुकेका मल्लले ४९ रन बनाउन ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

निर्धारित २० ओभरमा ललितपुरले ९ विकेट गुमाएर १०४ रन मात्रै बनाउन सक्यो।

बिराटनगर वारियर्सको बलिङ्गमा करन केसी र रोल्फ भान डर मर्वेले २। २ विकेट लिए। यस्तै बसन्त रेग्मी पारस खड्का तथा स्मित पटेलले एक एक विकेट लिए।

प्लेयिंग ११ मा बिराटनगर वारियर्सबाट पारस खड्का (कप्तान) बसन्त रेग्मी, अनिल कुमार साह, आशिफ सेख , हरि बहादुर चौहान, प्रनित थापा, सुमित महर्जन, रोबिन क्षेत्री , स्मित पटेल (भारत), रोल्फ भान डर मर्वे ((नेदरल्याण्ड), पल भान मिकिरिन )नेदरल्याण्ड) िथए भने प्लेयिंग ११ ( ललितपुर प्याट्रीएट्स)मा ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, सन्दिप जोरा, योगेन्द्रसिंह कार्की, पवन सर्राफ , सन्नी पटेल , गौरब तोमर , जयकिशन कोल्सावाला (विकेटकिपर) , सन्दिप लामिछाने, ललित राजवंशी, राशिद खान रहेका थिए ।

Share Now

Leave a comment.