
काठमाडौं,१५ पुस । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिन अर्थात नर्या बर्षलाई ‘तमु ल्होसार’ भनिएको हो। ‘
लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत, ओखलढुंगा लगायत जिल्लामा गुरुड.हरुको घना बस्ती छ ।
गुरुड. समुदाय संस्कृतिमा धनी भएकोले गुरुड. जातिको देख्य उपस्थिति भएका स्थानहरुमा विशेष कार्यक्रम, नाच गान, विभिन्न सांस्कृतिक झाँकीसहित ल्होसार मनाउने गरिन्छ ।
ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ।
शुभकामना
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले तमु ल्होसारका अवसरमा ेदेश विदेशमा रहेका नेपाली मूलका समस्त गुरुड. समुदायलाई शुभकामना सन्देश दिएका छन् ।
राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा तमु ल्होसार जस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको उल्लेख छ। यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना सन्देश दिँदै धर्मनिरपेक्ष हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण रहेको र सबै चाडपर्वको आफ्नै मौलिक विशेषता रहेको उल्लेख गर्नुभएको छ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागि परेको बताउदै देशमा विकास र समृद्धिको युगको आरम्भ भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो शुभकामना सन्देशमा नेपाल विभिन्न जात जाति, धर्म संस्कृति र पररम्पराको अनुपम संगम भएको बहुजातीय,बहुधार्मिक,बहुसांस्कृतिक मुलुक भएकोले सबैका विचमा अनुपम सद्भाव कायम रहेको बताउदै लोकतान्त्रिक व्यवस्थामा मात्र यसको संबर्धन र विकास हुने बताउनु भएको छ ।