Prakash Adhikari December 30, 2018

 

मेलबर्न(अष्टेलिया), १५ पुस । एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेसको आयोजनामा आज मेलबर्नमा पहिलो कार्यक्रमका रूपमा क्रिकेट फेस्टिबल हुँदैछ ।

स्थानीय समय अनुसार विहान १० बजे सुरु भएको कार्यक्रममा चार चरणमा हुदैछ ।

एक्सपर्ट क्रिकेट क्लव मेलबर्नको आयोजनामा हुने कार्यक्रम फ्लेमिङटन भिक्टोरियाको डाब्नीज् पार्कमा हुनेछ ।

कार्यक्रमको ब्यवस्थापन भिक्टोरियन नेप्लिज क्रिकेट एसोसियसनले नेप्लिज क्रिकेट क्लव भिक्टोरिया र नेप्लिज एसोसियसन अफ भिक्टोरियाको सहयोगमा गरेको छ ।

पहिलो चरणमा परिचयात्मक कार्यक्रम रहेको छ भने त्यसपछि बच्चाहरुका लागि क्रिकेट सेसन राखिएको छ । त्यो सकिएपछि इच्छुक महिला क्रिकेटरलाई पनि आधारभुत जानकारी दिइनेछ ।

फेष्टिबलको अन्तिम सेसनमा पुरुष क्रिकेट खेलाडीलाई प्रशिक्षणका साथै केहि टिप्सहरु खेलाडीले दिनेछन् ।

खेलाडीलार्इ क्रिकेट ज्ञान दिन र सीप सिकाउन नेपालबाट कप्तान पारस खड्का, दिपेन्द्र ऐरी र सुवास प्रधान मेलबर्नमा आएका छन भने अष्ट्रेलियामा रहेका पूर्व खेलाडी सुमन गौतम र यशवन्त सुवेधीले पनि साथ दिनेछन ।

Share Now

Leave a comment.