Prakash Adhikari December 30, 2018

 

काठमाडौं, १५ पुस । प्रधानन्यायाधीश सिफारिश हुनुभएका सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबराको सुनुवाइ लम्बिएर मंगलबारसम्म तन्किएको छ ।

आइतबार दिउँसो २ बजे सुरू भएको सुनवाइमा समिति सदस्य सांसदहरूले न्यायाधीश जबरालाई प्रश्न क्रम चलिरहेकै बेला संसद सचिवालयका कर्मचारीहरु कर्मचारीहरुको विरोध आन्दोलनमा सहभागी हुन निस्किएपछि सुनुवाई आज स्थगित भएको हो ।

आज समितिका दुई जना सदस्य सांसद बोल्न बाँकी रहदा ४ बजिसकेको थियो । ँ

सचिवालयका महासचिव लगायत पदाधिकारी सुनुवाईमा बसेको भए पनि कर्मचारीहरु ४ बज्ने वित्तिकै उठपछि सभापति लक्ष्मणलाल कर्णले जबराको सुनुवाइ सोमबार ११ बजे राख्ने प्रस्ताव गर्नुभयो।

समितिमा रहेका नेपाली कांग्रेसका सांसदहरूल पुस १६ गते आफूहरू राष्ट्रिय मेलमिलाप दिवसमा सहभागी हुनुपर्ने बताएपछि सुनुवाइ मंगलबार ११ बजेका लागि सरेको छ।

संसद सचिवालयका कर्मचारीहरुले कार्यालय समयबाहेक अतिरिक्त समय काम गरेको अतिरिक्त भत्ता माग गरेका छन् तर खर्च कटौतीको नाममा सरकारले भत्ता कटौती गरिदिएपछि उनीहरु पनि विरोध कार्यक्रममा सरिक हुन थालेका छन् ।

अहिले संघीय सरकार मातहत रहेका कर्मचारीहरुलाई प्रदेश र स्थानीय सरकार मातहत लैजान सरकारले कडा दण्ड सजायका प्रावधानसहितको अध्यादेश ल्याएको छ । कर्मचारीहरु भने समान वृत्ति विकासका अवसर नदिएको यो ऐनकोे विरुद्धमा एकजुट भएर आन्दोलनमा उत्रिएका छन् ।

Share Now

Leave a comment.