बैंकक(थाइलैण्ड),२४ पुस(बीबीसी) । संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायले परिवारबाट भागेकी १८ वर्षीया साउदी युवती घर फर्कनुभन्दा किन शरणार्थी बन्न उत्सुक छन् ?लाई फिर्ता नपठाएकोमा थाई अधिकारीहरूप्रति कृतज्ञता ज्ञापन गरेका छन्।
मोहम्मद अल-कुकुन नाम गरेकी ती युवतीले आफूले इस्लाम धर्म परित्याग गरेर भागेको हुनाले परिवारबाटै आफ्नो ज्यान असुरक्षित भएको दाबी गरेकी छन्।
साउदी अरबमा धर्म परित्याग गर्दा मृत्युदण्ड दिने कानुनी प्रावधान छ।
गत सप्ताहान्त अस्ट्रेलिया जान भनी कुवेतबाट विमान चढेर ब्याङ्कक पुगेकी उनलाई नियन्त्रणमा लिएर सुवर्णभूमि विमानस्थलस्थित एउटा होटलमा राखिएको थियो।
थाई अधिकारीहरूले ती युवतीलाई सोमवार कुवेत फिर्ता पठाउने प्रयास गरेका थिए। तर उनले होटेलको कोठा थुनेर आफू फिर्ता नजाने अडान लिएकी थिइन्।
सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत् उनले शरणका लागि संयुक्त राष्टसङ्घ र विभिन्न राष्ट्रहरूलाई गुहारेकी थिइन्।
शरणको मागबारे
अहिले मोहम्मद अल-कुकुन यूएनएचसीआरको संरक्षकत्वमा विमानस्थलको होटलबाट बाहिर निस्किसकेकी छन्।

परिवारसँगै बिदा मनाउन कुवेत पुगेकी रहाफ मोहम्मद अल-कुकुन तीन दिनअघि त्यहाँबाट भागेर ब्याङ्कक पुग
थाई अध्यागमन अधिकारीहरूले उनले कुवेत फर्किनुपर्ने बताएका थिए। उनको परिवार हाल कुवेतमा रहेको छ।
संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले मोहम्मद अल-कुकुनको शरणको मागको परीक्षण गर्न केही दिन लाग्न सक्ने बताएको छ।
थाईल्यान्डस्थित साउदी दूतावासले ती युवतीलाई फिर्ता गर्न साउदी सरकारले अनुरोधको दाबीको खण्डन गरेको विवरण समाचारसंस्था रोयटर्सले प्रकाशित गरेको छ।
आफ्नो परिवारले मार्ने धम्की दिएको भन्दै उनले समाचारसंस्था रोयटर्सलाई भनेकी थिइन्, “मेरा दाजुभाइ र परिवार एवम् साउदी दूतावासले मलाई कुवेतमा कुरिरहेका छन्। उनीहरूले मलाई मार्छन्। मेरो जीवन सङ्कटमा छ।
तर उनको परिवार र नातेदारले उनको आरोपप्रति केही टिप्पणी व्यक्त गरेका छैनन्।
मानवाधिकारवादी संस्थाहरूले उनको सुरक्षाबारे चासो व्यक्त गरेका छन्।
अस्ट्रेलिया र थाईल्यान्डको चासो
मोहम्मद अल-कुकुनले आफूसँग अस्ट्रेलिया जाने प्रवेशाज्ञा भएको तर एक साउदी कूटनीतिज्ञले आफ्नो राहदानी खोसेको दाबी गरेकी छन्।
अस्ट्रेलियामा शरण पाउने उनको अपेक्षा थियो।
अस्ट्रेलियाको सरकारले मोहम्मद अल-कुकुनले लगाएका आरोपहरू गम्भीर चासोका विषय भन्दै आफूले त्यसलाई नजिकैबाट नियालिरहेको बताएको छ।
सोमवार साँझ थाई अध्यागमन प्रहरीका प्रमुख मेजर जेनरल सुरचाते हक्पर्नले मोहम्मद अल-कुकुनलाई ब्याङ्ककमै बस्न दिइएको र उनी यूएनएचसीआरसँग विमानस्थलबाट बाहिर गएको बताएका थिए।

ज्यान जान सक्ने खतरा भएकाले ती युवतीलाई फिर्ता नपठाइने थाई अध्यागमन प्रहरीका प्रमुख मेजर जेनरल सुरचाते हक्पर्न बताएका छन्
राज्यले उनको उपयुक्त हेरविचार गर्ने भन्दै उनले भनेका थिए, “उनी अब थाईल्यान्डको सर्वोच्चतामा छिन्। कसैले र कुनै दूतावासले पनि उनलाई अन्यत्र जान बाध्य पार्न सक्दैन।”
“थाईल्यान्ड मुस्कानको देश हो। हामी कसैलाई पनि मर्न पठाउँदैनौँ।”
थाईल्यान्डको निर्णयबारे जानकारी दिन साउदी कूटनीतिज्ञहरूलाई मङ्गलवार भेट्ने उनको योजना थियो।
मोहम्मद अल-कुकुनले आफ्ना पिता आएका हुनाले आफू धेरै चिन्तित र त्रस्त भएको भनेर ट्विवटरमा लेखेकी छन्।
तर थाई पक्षसँग भएको सहमतिअनुसार यूएनएचसीआरको संरक्षणमा आफूले सुरक्षित अनुभव गरेको उल्लेख गरेकी छन्।
Hey I'm Rahaf. My father just arrived as I heard witch worried and scared me a lot and I want to go to another country that I seek asylum in
But at least I feel save now under UNHCR protection with the agreement of Thailand authorities. And I finally got my passport back🙏🏻❤️ pic.twitter.com/pQER7HDVi7— Rahaf Mohammed رهف محمد (@rahaf84427714) January 7, 2019
थाईल्यान्डले संयुक्त राष्ट्रसङ्घको शरणार्थी महासन्धि अनुमोदन गरेको छैन र उसले शरण खोज्ने व्यक्तिहरूलाई कानुनी सुरक्षा उपलब्ध गराउँदैन।
तर थाईल्यान्डमा एक लाखभन्दा बढी शरणार्थी छन्।
ती युवतीलाई फिर्ता नपठाइयोस् भनेर निषेधाज्ञाका लागि ब्याङ्ककको एउटा अदालतमा आवेदन गरिएको बताए।
तर थाई वकिलहरूको सो आवेदन अदालतले खारेज गरिदिएको थियो।
उनीबारे चर्चा कसरी भयो?
गत सप्ताहान्त सामाजिक सञ्जालमा उनले लेखेको कुराले धेरैको ध्यान आकर्षित गर्यो।
आफूलाई केही भइहाल्यो भने विकल्पका रूपमा उनले आफ्नो एकजना साथीलाई पनि ट्विटर चलाउन दिएकी छन्।
बीबीसीसँगको एउटा अन्तर्वार्तामा उनले भनेकी थिइन्, “मैले मेरो कथा र तस्बिर सामाजिक सञ्जालमा प्रेषित गरेँ। र मैले त्यसो गरेकाले मेरा बुवा एकदमै क्रुद्ध हुनुहुन्छ… म आफ्नो देशमा अध्ययन गर्न र काम गर्न पाउँदिनँ। त्यसैले म स्वतन्त्र हुन चाहन्छु एवम् आफूले चाहेअनुसार पढ्न र काम गर्न चाहन्छु।”
साउदी अरेबियाको कानुनले पुरुषको अभिभावकत्वविना महिलाहरूलाई काम गर्न, यात्रा गर्न वा ब्याङ्कमा खाता खोल्ने जस्ता सामान्य गतिविधि पनि गर्न दिँदैन।
आफूले अब केही पनि गुमाउन बाँकी नरहेको भन्दै मोहम्मद अल-कुकुनले आफ्नो नाम र विवरण सार्वजनिक गरेको ट्विटरमा लेखेकी छन्।
based on the 1951 Convention and the 1967 Protocol, I'm rahaf mohmed, formally seeking a refugee status to any country that would protect me from getting harmed or killed due to leaving my religion and torture from my family.
— Rahaf Mohammed رهف محمد (@rahaf84427714) January 6, 2019
यो घटनाले सन् २०१७ को एप्रिल महिनामा अस्ट्रेलियाबाट उडेकी अर्की महिलासँग भएको व्यवहारको स्मरण गराएको छ।
फिलिपिन्सको बाटो हुँदै कुवेत जान लागेकी दिना अली लास्लूम नाम गरेकी २४ वर्षीया महिलालाई उनको परिवारले मनिला विमानस्थलबाट साउदी अरेबिया लगेको थियो।
उनले क्यानडाका एक पर्यटकको फोन प्रयोग गरेर एउटा सन्देश पठाएकी थिइन्। आफ्नो परिवारले उनलाई मार्न सक्ने भन्दै त्यसबारे एउटा भिडिओ ट्विटरमा प्रेषित भएको थियो।
साउदी अरेबिया फर्काइएपछि उनको स्थितिबारे कसैलाई थाहा छैन।


















