Prakash Adhikari January 8, 2019

 

काठमाडौं । नेपाली कांग्रेसको लमजुड. जिल्ला कार्य समितिका संस्थापक नेता तथा प्रजातन्त्र सेनानी तारानाथ कोइरालाको मंगलबार पोखरामा निधन भएको छ ।

मध्य नेपाल नगरपालिका, दुईपिप्ले लमजुड. निवासी कोइरालाको स्वास्थ्यमा खराबी देखिएपछि केही दिन पहिले उपचारको लागि पोखराको मणिपाल अस्पतालमा लगिएको थियो ।

२०३६ साल को जनमतसंग्रहको प्रचारप्रसारको क्रममा स्याड.जा पुग्दा जननायक बिश्वश्वरप्रसाद कोईरालालाई निसाना बनाई तात्कालिन पञ्चायतका कार्यकर्ताहरुले हानेको गोली आफूले थापेर जननेता वीपी कोइरालालाई जोगाउनुभएका कोइरालाले गोली लागेपछि आफ्नो एक खुट्टा सदाको लागि गुमाउनुभयो । कुनै पनि पदिय आशा नगरिकन कोईराला निरन्तर प्रजातन्त्र र समाजबादको प्राप्तिका लागी लड्दै आउनुभएका थियो ।

Image may contain: 5 people, people standing, mountain, outdoor and nature

२००१ साल असार १८ गते कोइराला फाँट लमजुड.मा जन्मनुभएका कोइराला नेपाली कांग्रेस लमजुड.का संस्थापक, नेपाल तरुण दलका संस्थापक जिल्ला अध्यक्ष र गण्डकी छात्र संघ सदस्य रहनुभएको थियो ।

प्रजातान्त्रिक सेनानी संघका केन्द्रीय सदस्य रहनुभएका कोइराला पञ्चायतविरुद्धको संघर्षमा २०२९ सालदेखि २०३१ सालसम्म र २०४२ सालको सत्याग्रहमा जेल पर्नुभएको थियो ।

पटकपटक नेपाली कांग्रेसको महासमिति र महाधिवेशन प्रतिनिधि समेत रहनुभएका कोइराला समाजसेवामा पनि उत्तिकै संलग्न हुनुहुन्थ्यो ।

उहाँका एक श्रीमती, एक छोरा र चार छोरीहरु छन् ।

उहाँको पार्थिव शरिरको आजै मध्यनेपाल नगरपालिका मादी रिस्ती दोभानमा अन्त्येष्टी गरिएको छ ।

उहाँलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि पुग्नुभएको थियो ।

Image may contain: one or more people, people standing, mountain, outdoor and nature

Share Now

Leave a comment.