होबर्ट(तस्मानिया), २ फागुन । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्स अष्ट्रेलियामा भैरहेको बिग ब्यास लिगको फाइनलमा पुगेको छ।
बिहिबार होबर्टमा सम्पन्न खेलमा घरेलु टोली होबर्ट हुरिकेन्सलाई ६ विकेटले हराउँदै मेलबर्न स्टार उपाधि नजिक पुगेको हो।
होर्बट क्रिकेट मैदानमा भएको खेलमा मेलबर्न स्टारले फ्लिप जितेर बलिड. रोजेको थियो । फ्लिप हारेर ब्याटिड. गरेको होबर्ट हुरिकेन्सले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै १ सय ५३ रनको योगफल तयार पारेको थियो ।

होबर्ट हुरिकेन्सबाट १ सय ५४ रनको लक्ष्य पाएको मेलबर्न स्टारले सो लक्ष्य ७ बल बाँकी छँदै ४ विकेट गुमाएर पूूरा गर्यो। मेलबर्नको जितमा कप्तान ग्लेन म्याक्सवेलले सर्वाधिक ४३ रन बनाए। ह्याण्डस्कम्बले ३५ रन बनाए भने शेव गोचले ३३ रन जोडे।
होबर्टका लागि बेन म्याकडर्ममोटले अर्धशतकीय इनिङस खेल्दै ५३ रन बनाए । यस्तै जर्ज बेलीले ३७ र माथ्यु सर्टले ३५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्।
How good! 💚💚 pic.twitter.com/2staDidZaS
— Melbourne Stars (@StarsBBL) February 14, 2019
मेलबर्नका ड्यानिएल वारेलले ४ तथा एडम जम्पा र डि जे ब्राभोले समान १।१ विकेट लिए।
पुरै ४ ओभर बलिङ गरेका नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने बिहिबार होबर्ट हुरिकेन्सविरुद्धको सेमिफाइनलमा विकेटविहीन बने।
सन्दीपले पनि ३१ रन खर्चिएर विकेट लिन सकेनन्।


















