पोखरा(कास्की),११ फाल्गुन । पोखरामा जारी ‘आहा ! रारा गोल्डकप’को क्वाटर फाइनल अन्तरगत शनिवार भएको खेलमा मनाड. मर्स्याड.दीलाई पराजित गर्दै एपीएफ सेमिफाइनलको यात्रा तय गरेको छ ।
शनिबार पोखरा रंगशालामा सम्पन्न खेलमा मनाङले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग ०–१ ले पराजित हुँदै प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको हो ।
एपीएफको जितमा खेलको ७० औं मिनटमा प्रदिप लामाले एक मात्र निर्णायक गोल गरे ।
शनिबारको खेलमा निर्णायक गोल गरेका एपिएफका प्रदिप लामा म्यान अफ द म्याच समेत घोषित भए ।
प्रतियोगिता अन्तरगत आइतबारको दोस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबबीच हुने आयोजकले जनाएको छ ।


















