Prakash Adhikari February 27, 2019

दुवाई(संयुक्त अरब इमिरेट्स), १५फागुन । पाकिस्तानको चर्चित घरेलु लिग पाकिस्तान सुपर लिग अन्तरगत भैरहेका आजको खेलमा नेपाली क्रिकेट स्टार सन्दीप पुन चम्किएका छन् ।

दुवाई क्रिकेट रंंगशालामा भइरहेको आजको खेलमा टस जितेर फिल्डिड.रोजको सन्दीप आबद्ध लाहोर क्वालन्दर्सका तर्फबाट चौथो ओभरमा पहिलो स्पेल गर्न आएका सन्दीपले चौथो बलमा चर्चित खेलाडी सेन वाट्सनलाई बाहिर पारे ।

https://youtu.be/CnGEluKRkdo?t=3

त्यसपछि छैठौ ओभरमा बलिड. गर्न आएका उनले पहिलो बलमा रुसो र अन्तिम बलमा उमार अक्रमलाई पेभिलियन पठाए ।

त्यसपछि आठौं ओभरको तेस्रो बलमा उनले डेनिस अजिजलाई पनि विश्राम लिन बाध्य बनाए ।

त्यसपछिको १० औ ओभरमा भने उनले कुनै विकेट लिन सकेनन् ।

अहिले १६ औं ओभर सकिएको छ र क्वेटाले ७ विकेटको क्षतिमा ९८ रन जोडेको छ ।

Share Now

Leave a comment.