Prakash Adhikari February 27, 2019

बैंकक(थाइल्याण्ड), १५ फागुन । सात टिम सम्मिलित आईसीसी टी -२० महिला विश्वकप एशिया छनोट प्रतियोगितामा आयोजक राष्ट थाईल्याण्डको टिमले अविजित खेल प्रदर्शन गरेपछि शीर्षस्थानमा पुगेर टी -२० विश्वकप २०१९ र आईसीसी विश्वकप २०२०(एक दिवसीय) छनोट खेल्ने नेपाली चेलीको सपनामा यसपटक तुषरापात भएको छ ।

खेलमा नेपालले आयोजक राष्ट थाइल्याण्डबाहेक अरु प्रतिस्पर्धीसंग विजय निकालेको थियो । अन्तिम खेलमा नेपालले प्रतिस्पर्धी कुवेतलाई पनि पराजित गरेकै थियो । तर अपराजित यात्रामा रहेकोको थाइल्याण्डको टिमलाई यूएईले रोक्न सकेन र नेपालले दोस्रो स्थानमा रहदै चित्त बुझाउन पर्यो ।

आजका खेलमा कप्तान रुविना क्षेत्रीले अलराउन्डर प्रदर्शन गरेपछि थाइल्यान्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको छ ।

बैंककस्थित एसियन इन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा बुधबार नेपालले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको कुवेत २० ओभरमा ९ विकेटको क्षतिमा ८६ मा समेटिएको थियो । कुवेतका लागि कप्तान मार्याम ओमारले सर्वाधिक २९ रन बनाइन् । प्रियादा मुरालीले १४ तथा सब्रिन जाकी र मारियामा हेदरले समान १२–१२ रन बनाए ।

कुवेतलाई सस्तैमा समेट्न नेपालकी रुबिना क्षेत्रीले ह्याट्रिक विकेट लिइन् । रुबिनाले अन्तिम ओभरमा तीन विकेट लिएकी थिइन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १६ रन बनाएको थियो ।

नेपालको लागि बिन्दु रावलले अविजित रहँदै सर्वाधिक २८ रन बनाइन् । रुबिना क्षेत्रीले २२ रन, नेरी थापाले १९, काजल श्रेष्ठले १८ तथा इन्दु बर्मा र रोमा थापाले समान सात रन बनाए ।

बलिङमा कुवेतका मर्याम ओमर र प्रियादा मुरालीले दुई दुई विकेट लिएका थिए ।

प्रतियोगितामा आयोजक राष्ट थाईल्याण्डसंगको खेलमा पराजित भैसकेको नेपाललाई शीर्षमा पुग्नको लागि आजको अन्तिम खेलमा कुवेतलाई पराजित गरेरमात्र पुग्ने अवस्था थिएन । आज अपरान्ह भएको थाइल्याण्ड र संयुक्त अरब इमिरेट्सको खेलमा थाइल्याण्डलाई यूएईले पराजित पनि गर्नुपर्ने अवस्था थियो । नेपालले पहिलो शर्त जो आफ्नो बूतामा थियो त्यो पूरा गर्यो तर जुन अरुको भाग्य र दुर्भाग्यमा निर्भर त्यो त्यसको नजिता भने आफ्नो पक्षमा आउन सकेन् ।

नेपाली महिला क्रिकेट टिमकालागि आयोजक राष्ट थाइल्याण्डसंग भएको पराजय निकै महंगो हुनगयो, यसपालि ।

ICC Women’s T20 World Cup Asia Region Qualifier

TEAM M W L PT NRR
THI-W 6 6 0 12 3.268
NEP-W 6 5 1 10 0.564
UAE-W 6 4 2 8 1.089
CHN-W 6 3 3 6 0.337
HKG-W 6 2 4 4 -0.509
MAL-W 6 1 5 2 -1.568
KUW-W 6 0 6 0 -3.342
Share Now

Leave a comment.