Prakash Adhikari March 25, 2019

सानोठिमी (भक्तपुर), १० चैत्र । शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकहरु मध्येबाट माध्यमिक तहमा स्थायी हुन सफल अग्रेजी र विज्ञान विषयका शिक्षकहरुको नतिजा प्रकाशन गरेको छ।

आयोगको सोमबार बसेको बैठकले माध्यमिक तहमा कार्यरत अस्थायी शिक्षक मध्य अंग्रेजी र विज्ञान विषयका शिक्षकहरुको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

शिक्षक सेवा आयोगले माध्यमिक तहमा कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा २०७५ असार २९ गते लिखित परीक्षा लिई त्यसमा उत्तीर्ण हुने शिक्षकहरुको अन्तरवार्ता सम्पन्न गरि दुवै परीक्षामा प्राप्त अंक एकीकृत गरी कायम हुन आएको योग्यताक्रम बमोजिम नतिजा प्रकाशन गरेको हो ।

स्थायी हुने विषयगत शिक्षकहरुको नाम हेर्न तलका क्षेत्रमा क्लिक गर्नुहोस् :

अंग्रेजी

पूर्वाञ्चल र मध्यमाञ्चल

पश्चिमाञ्चल,मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल

विज्ञान

विज्ञान पूर्वाञ्चल र मध्यमाञ्चल

विज्ञान पश्चिमाञ्चल,मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल

Share Now

Leave a comment.