Prakash Adhikari March 25, 2019

काठमाडौँ, ११ चैत्र । संवैधानिक परिषद्को सोमबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव र सदस्य इला शर्मा आइतबार सेवानिवृत्त भएपछि आयोगमा प्रमुख आयुक्त र एक आयुक्त पद रिक्त रहेको छ ।

निर्वाचन आयोगमा प्रमुख आयुक्त सहित पाँच जना आयुक्त रहने व्यवस्था छ । आयोगमा हाल नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीर शाह सदस्य हुनुहुन्छ ।

संवैधानिक परिषद्को बैठकले राष्ट्रिय समावेशी आयोगका सदस्यमा मकवानपुरकी अधिकारकर्मी विष्णुमाया ओझालाई सिफारिस गरेको छ ।

परिषद्को बैठकमा प्रतिनिधिसभामा विपक्षी दलका नेता शेरबहादुर देउवा भने संसदीय दलको बैठक भएकाले उपस्थित हुन नसक्ने भनी कारणसहितको लिखित पत्र पठाउनु भएको थियो ।

Share Now

Leave a comment.