Prakash Adhikari March 25, 2019

काठमाडौं, ११ चैत्र । नेपाली कांग्रेसको संसदीय दलले नेपाल कम्युनिष्ट पार्टीका संयुक्त अध्यक्ष के पी शर्मा ओलीको नेतृत्वमा रहेको संयुक्त सरकार पूर्व राजा ज्ञानेन्द्रको जस्ते अधिनायकवादी शैलीमा हिड्न खोजेको निश्कर्ष निकालेको छ ।

नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदीय दलको बैठकमा सरकारले संसदमा ल्याएको ठूला परियोजना, सुरक्षा परिषद, प्रेस र करसम्बन्धी विधेयकहरू हेर्दा यो सरकार ज्ञानेन्द्र शैलीमा अघि बढ्न खोजेको आरोप लगाउदै सरकारको स्वेच्छाचारिता रोक्न कांग्रेसले नयाँ रणनीति अख्तियार गर्ने बताउनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संघीय संसदमा पेश गरिएको ‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेस संसदीय दलको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीले सेना परिचालन गर्ने प्रावधानसहित ल्याइएको सो विधेयक संविधान प्रतिकूल हुने गरी आएको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।

बैठकले संघीय संसदमा पेश गरिएको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकार्य नहुने पनि स्पष्ट पारेको छ ।

प्रमुख सचेतक खाँडले प्रेस स्वतन्त्रता र सूचना प्रविधि माथिनै अंकुश लगाउने गरी आएको सो विधेयक स्वीकार्य नहुने निर्णय पनि संसदीय दलको बैठकले गरेको बताउनुभयो ।

काँग्रेसको संसदीय दलले महँगी नियन्त्रण, शान्ति सुरक्षाको प्रत्याभूति, जनसरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन दवावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

Share Now

Leave a comment.