
काठमाडौं, १७ चैत्र । नेपालको पहिलो महिला घरेलु क्रिकेट लिग प्रतियोगिताको लागि खेलाडी चयन गर्ने अक्सन आइतबार अपरान्ह पूरा भएको छ ।
खेलमा सहभागी हुने चारै वटा टिमले अक्सनमार्फत १३ । १३ खेलाडी चयन गरेका छन् ।
कसको पारिश्रमिक कति ?
७५ हजार : सोनु खड्का,ईन्दु बर्मा,बिन्दु रावल,काजोल श्रेष्ठ,अप्सरी वेगम,कविता कुँवर,ज्योति पाण्डे
७० हजार :सबनम राई
६५ हजारः ऋतुकुमारी कनौजिया,
५० हजारः कविता जोशी,रश्मी शर्मा चौलागाई,अञ्जली चन्द,सरस्वती पुन,रेखा रावल,सुमन खतिवडा,रेवति धामी,सुमन विष्ट,मञ्जुकुमारी बोगटी,
४७ हजारः अलिसा के.सी.
४३ हजार : नितु भण्डारी
४० हजारः सरस्वती कुमारी चौधरी,डली भट्ट,संगीता राई,आरती विडारी,लक्ष्मी चौधरी
३५ हजार : अनुराधा चौधरी,अस्मिता कर्माचार्य,
२५ हजार : शर्मिला रोका मगर, ममता थापा,कृतिका मरासिनी,प्यारी चौधरी,रुवी पोद्दार,मनिषा राना,रोषनी बोहोरा,कञ्चन श्रेष्ठ,अस्मिता खरेल,कृति सेन,गीता गोसाई र शान्ति कुमारी चौधरी
१५ हजार : लक्ष्मी साउद,सन्तोषी कुमारी चौधरी, नविना खड्का,सञ्जु लामा,सुष्मा श्रेष्ठ,राजमती ऐरी,निशा भट्ट र सीमा कुमारी कुँबर,इश्वरी विष्ट,सीमा थापा
अक्सनमा एक भन्दा बढी टिमको रोजाइमा परेका खेलाडीहरु गोलाप्रथाबाट टिममा समावेश गराइएको थियो भने खुला अक्सनमा टिमले छान्न नसकेका खेलाडीहरुलाई इच्छासूचीको आधारमा टिममा समावेश गराइएको थियो ।
इच्छा सूचीमा सबै टिमलाई आफूले बाँकी लिन पर्ने खेलाडीको संख्या हेरि खुला बढाबढमा नपरेका खेलाडीहरुको नाम चयन गर्न लगाइएको थियो ।
यस्तो इच्छा सूचीमा पनि दुई बा वढी टिमको रोजाईमा परेका खेलाडीहरुलाई गोलाप्रथाको आधारमा टिममा सामेल गरिएको थियो ।
इच्छा सूचीबाट चयन भएका खेलाडीहरुलाई टिमले आधार मूल्यमा नै लिन पाएका छन् ।
यस अगाडि महिला प्रिमियर लिगमा सामेल हुन ८० जना खेलाडीहरुले नाम दर्ता गराएका थिए ।
ती मध्ये ५२ जना खेलाडीले पहिलो महिला प्रिमियर लिगमा सहभागी हुने मौका पाएका छन् ।
हरेक टिमलाई ६ लाख ५० हजार खर्च गरेर टिम बनाउन सुविधा दिइएको थियो ।
यस्तो बन्यो टिम
करुणा भण्डारीको विराटनगर रोरिड. लियोनेसमा काजल श्रेष्ठ, अञ्जली चत्द,कृतिका मरासिनी,अनुराधा चौधरी,अस्मिता कर्माचार्य,सञ्जु लामा,शुष्मा श्रेष्ठ, अप्सरी वेगम, सरस्वती पुन,ऋतु कुमार कनौजिया, डोली भट्ट, प्यारी चौधरी र राजमती ऐरी रहेका छन् । करुणाले आफ्नो टीमलाई ५ लाख २० हजार खर्च गरिन ।
नेरी थापाको नेतृत्वमा रहेको काठमाडौं सुपर च्याम्पियनले सुमन खतिवडा, ममता चौधरी,इश्विरी विष्ट, रेवति धामी,सरिता मगर,रोमा थापा,सुमन विष्ट,कीर्ति सेन,मञ्जुकुमारी वोकटी,लक्ष्मी चौधरी,सीमा थापा, गीता गोशली र शान्ति कुमारी चौधरी रहेका छन् । नेरीले आफ्नो इच्छित टिम बनाउन ५ लाख २० हजार खर्च गरिन ।
यता रुविना क्षेत्री मार्की प्लेयर रहेको भैरहवा क्वीनले सरस्वति कुमारी चौधरी,नितु भण्डारी,सोनु खड्का, अलिशा के.सी. इन्दु बर्मा, कविता जोशी, रश्मी शर्मा चौलागाई, विन्दु रावल, लक्ष्मी साउद, ममता थापा, सन्तोषी कुमारी चौधरी, शर्मिला रोका मगर र नविना खड्कालाई आफ्नो टिममा समावेश गरेको छ । भैरहवा क्विन्सले आफ्नो टिम बनाउन ५ लाख १० हजार रुपैया खर्च गरेको छ ।
त्यस्तै सीता राना मगर मार्की प्लेयर रहेको धनगढी वण्डर वुमनले रुवी पोद्दार, कविता कुँवर, मनिषा राना, ज्योति पाण्डे, सबनम राई, संगीता राई, रेखा रावल, आरती विडारी, रोसनी बोहोरा, कञ्चन श्रेष्ठ, निशा भट्ट, अस्मिता खरेल र सीमा कुमारी कुँबरलाई आफ्नो टिममा राखेको छ । धनगढीले आफ्नो टिम बनाउन ५ लाख ५ हजार रुपैया खर्च गरेको छ ।
प्रतियोगिता आउदो बैशाखमा
प्रतियोगिता आउदो बैशाख ७ देखि १४ गतेसम्म विराटनगरस्थित बैजनाथपुर खेल मैदानमा हुँदैछ ।
चार शहरका टोलीबीच हुने प्रतियोगितामा टोलीको नेतृत्व गर्ने मार्की खेलाडी यस अगाडि नै चयन भैसकेका छन् ।
प्रतियोगितामा विराटनगर रोअरिङ लायनेसमा करुणा भण्डारी , भैरहवा क्विन्समा रुबिना क्षेत्री, धनगढी वन्डर वुमनमा सीता रानामगर र काठमाडौ सुपर च्याम्पियन्समा नेरी थापा मार्की खेलाडी रहेका छन ।
सहभागी टोलीका मालिकहरुमा अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस) , दीपक सुवेदीरअनिल भन्डारी (भैरहवा क्विन्स),हरि खनाल (धनगढी वन्डर वुमन), रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) रहेका छन ।
अक्सनमा खेलाडीलाई ग्रेड ‘ए’, ‘बी’ र ‘सी’ गरि तीन तहमा विभाजन गरिएको छ ।
अक्सनमा ग्रेड ‘ए’ का खेलाडीको मूल्य ४० हजार देखि अधिकतम मूल्य ७५ हजार रुपैयाँ तोकिएको थियो भने ‘बी’ ग्रेडका खेलाडीको मूल्य रु २५ हजार देखि अधिकतम मूल्य रु ५० हजार रुपैयाँसम्म । यस्तै ‘सी’ ग्रेडका खेलाडीले कम्तिमा १५ हजार र बढीमा २५ हजार रुपैया बढाबढ गर्न पाउने व्यवस्था गरिएको थियो ।
प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १० लाख रुपैयाँ र उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको ‘प्लयेर अफ द म्याच’ले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।