Prakash Adhikari April 28, 2019

 

चियाड.माई(थाईल्याण्ड),१५ बैशाख । एसीसी यु १६ इस्टर्न च्याम्पियनसीप अन्तरगत भैरहेको खेलमा नेपालले मलेसियालाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

थाईल्याण्डको चियाड.माईस्थिति प्रेम त्रिसुलानन्द इन्टरनेशनल स्कूलको मैदानमा भैरहेको खेलमा नेपाली किशोरहरुको टोलीले टस जितेर ब्याटिड. रोजेको थियो ।

३५ ओभरको खेलमा नेपालले ९ विकेट गुमाउदै १ सय ४० रन जोडेको थियो । नेपालका तर्फबाट प्रशान्त महत ४०,दीपक बोहोरा २३,कप्तान विशालविक्रम केसीले १७, निखिलकुमार सिंहले १३,क्रिस कार्की र रोहन दुधराज बिकले ९ ।९, तिलकराज भण्डारी ८, सशान्त थापा ५, अईश भट्टराई र विशाल कुमार पटेलले २। २ रन जोडेका थिए ।

नेपाललाई रोक्न सचिनु हेतिगले ३,जिनेन्द्र मुरलीले २ तथा अहमद अक्मल अलिफ,मुहम्मद अमिरुल अश्रफ,सिद्धार्थ कार्तिक र श्रभिण सरेन्द्रनले १ ।१ विकेट लिए ।

अहिले मलेसियाले ब्याटिड. गरिरहेको छ र उसले १४.१ औं ओभरमा ४ विकेट गुमाउदै ३६ रन जोडेको छ । नेपालका लागि तीनवटा विकेट नेपालका विशाल कुमार पटेलले लिएका हुन् । एक विकेट दीपक बोहोराले लिएका हुन ।

Share Now

Leave a comment.