चियाड.माई(थाईल्याण्ड),१५ बैशाख । एसीसी यु १६ इस्टर्न च्याम्पियनसीप अन्तरगत भैरहेको खेलमा नेपालले मलेशियालाई पराजित गरी उपाधि जितेको छ ।
Krish Karki gets the final wicket! Malaysia bowled out for 81 in 34.5 overs!
Nepal won by 59 runs! Clinch the 2019 edition of the ACC U-16 Eastern Region Tournament!🏆#U16ER #ACC #NEPvMAL pic.twitter.com/7BxI4fsmd1— AsianCricketCouncil (@ACCMedia1) April 28, 2019
थाईल्याण्डको चियाड.माईस्थिति प्रेम त्रिसुलानन्द इन्टरनेशनल स्कूलको मैदानमा भएको खेलमा नेपालद्धारा ५९ रनले मलेशिया पराजित भएको हो ।
खेलमानेपाली किशोरहरुको टोलीले टस जितेर ब्याटिड. रोजेको थियो ।
३५ ओभरको खेलमा नेपालले ९ विकेट गुमाउदै १ सय ४० रन जोडेको थियो ।
१ सय ४१ रनको लक्ष्य लिएको मलेसियाले निर्धारित ३५ ओभरको खेलमा १० विकेटको क्षतिमा जम्मा ८१ रन मात्र जोड्न सक्यो ।मलेशियाले १ बल बाँकी छदा पुरै विकेट गुमाउन पुगेको थियो ।

मलेशियाका लागि मोहम्मद हाजिक ऐमानले १८,वान मोहम्मद आजमले १६,जिनेन्द्र मुरलीले १४,सरवीर सुरेन्द्रनले ८,साजियु हातेजले ६,लोकमान नूर हाकीम सहरले ५र अहमद अकमल अलिफले ३ रन जोडेका थिए ।
मलेशियालाई ८१ रनमा सीमित गर्ने क्रममा नेपाली किशोर खेलाडीहरुले ८१ रनमा रोकेका थिए । नेपालका लागि विशाल कुमार पटेलले ४, दीपक बोहोराले ३, क्रिश कार्की र निखिलकुमार सिंहले १ /१ विकेट लिएका हुन ।

नेपालका तर्फबाट प्रशान्त महत ४०,दीपक बोहोरा २३,कप्तान विशालविक्रम केसीले १७, निखिलकुमार सिंहले १३,क्रिस कार्की र रोहन दुधराज बिकले ९ /९, तिलकराज भण्डारी ८, सशान्त थापा ५, अईश भट्टराई र विशाल कुमार पटेलले २/ २ रन जोडेका थिए ।
नेपाललाई रोक्न सचिनु हेतिगले ३,जिनेन्द्र मुरलीले २ तथा अहमद अक्मल अलिफ,मुहम्मद अमिरुल अश्रफ,सिद्धार्थ कार्तिक र श्रभिण सरेन्द्रनले १ /१ विकेट लिए ।



















