नयाँदिल्ली(भारत),१५ बैशाख । चर्चित भारतीय घरेलु क्रिकेट लिग इण्डियन प्रिमियर लिग(आईपीएल)को १२ औं संस्करण अन्तरगत आइतबार भैरहेको ४६ औं खेलमा रोयल च्यालेञ्जर्स बंैगलोर विरुद्धको खेलमा दिल्ली क्यापिटल्सले नेपालका क्रिकेट स्टार सन्दीप पनि मैदानमा उतारेको छ ।
दिल्लीको घरेलु क्रिकेट मैदान फिरोज शाँ कोटला रंगशालामा भैरहेको खेलमा टस जितेको दिल्लीले ब्याटिड. रोजेको छ ।
दिल्लीका कप्तान श्रेयश ऐय्यले आज पिच सुक्का भएकोले पहिले ब्याटिड. गर्दा अनुकूल नतिजा ल्याउन सजिलो भएकोले ब्याटिड. रोजेको बताएका छन् ।
Delhi Capitals: 1 Prithvi Shaw, 2 Shikhar Dhawan, 3 Shreyas Iyer (capt), 4 Rishabh Pant (wk), 5 Sherfane Rutherford, 6 Colin Ingram, 7 Axar Patel, 8 Amit Mishra, 9 Kagiso Rabada, 10 Sandeep Lamichhane, 11 Ishant Sharma
Royal Challengers Bangalore: 1 Parthiv Patel (wk), 2 Virat Kohli (capt), 3 AB de Villiers, 4 Heinrich Klaasen, 5 Shivam Dube, 6 Marcus Stoinis, 7 Washington Sundar, 8 Umesh Yadav, 9 Gurkeerat Singh, 10 Yuzevendra Chahal, 11 Navdeep Saini
इएसपीएन क्रिक इन्फोको अनुसार श्रेयशले आजको खेलमा दक्षिण अफ्रिकाका बलर क्रिश मोरिसका स्थानमा नेपाली बलर सन्दीप लामिछानेलाई मैदानमा उतारेका छन् ।
दिल्लीले सुख्खा पीचको फाइदा उठाउदै १४.४ ओभरमा २ विकेटको क्षतिमा १ सय २७ रन जोडिसकेको छ ।


















