Prakash Adhikari September 24, 2019

मिलान(इटाली), ७ असोज(एजेन्सी) । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लियोनल मेसीले छैटौं पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

सोमबार मिलानमा आयोजित समारोहमा मेसीले युभेन्ट्सका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकलाई पछि पार्दै फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन्।

उनले यो अवार्ड छैटौंपटक जितेका हुन्। यसअघि सन् २००९, २०१०,२००११,२०१२ र २०१५मा पनि यो अवार्ड जितेका थिए।

FIFA FIFPro Women's World 11 Players of the year pose

३२ वर्षीय मेसीले यसपटक बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनले बार्सिलोनालाई उनले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्‍याउन योगदान दिएका थिए।

महिलातर्फको अवार्ड भने संयुक्त राज्य अमेरिकाकी मेगान रापिनाइले जितिन्।

यसैगरी वर्ष प्रशिक्षक पुरूष तर्फको उपाधि लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले जितेका छन् भने महिलातर्फको उपाधि भने जिल एलिसको पोल्टामा गएको छ।

जर्गेनको प्रशिक्षत्वमा लिभरपुलले टोटनहमलाई २-० ले हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो।

The Best FIFA Men’s Coach Award finalist Jurgen Klopp
यस्तै गोलरक्षकतर्फको अवार्ड लिभरपुलका एलिसनले जित्दा फ्यरप्लेको अवार्ड भने लिड्सका प्रशिक्षक मार्सेलो बिएल्साले जिते।

त्यसैगरी उत्कृष्ट गोलकर्तालाई दिइने पुस्कास अवार्ड १८ वर्षिय ड्यानियल ज्सोरीलाई दिइएको छ। हंग्रेरियन लिगमा अतरिक्त खेलाडीका रूपमा ९३ औं मिनेटमा डेन्रिसेनका लागि फेरेनकाभारोस विरूद्ध गरेको गोलका लागि उनले पुस्कास अवार्ड जितेका हुन्।

वर्ष खेलाडी पुरुष 

लिओनल मेसी (अर्जेन्टिना) – बार्सिलोना

वर्ष खेलाडी  महिला 

मेगन रिपोन (अमेरिका) – रेइन एफसी

उत्कृष्ट प्रशिक्षक पुरुष 

जुर्गेन क्लोप (जर्मनी) – लिभरपुल

उत्कृष्ट प्रशिक्षक महिला 

जिल इलिस (अमेरिका) – अमेरिका राष्ट्रिय टिम

फिफा फ्यान अवार्ड

सिल्भिया ग्रेको (ब्राजिल)

उत्कृष्ट गोलकिपर पुरुष

एलिन्सन (ब्राजिल) – लिभरपुल

उत्कृष्ट गोलकिपर महिला 

सारी भान भीनेल्डाल (नेदरल्यान्ड्स) – आर्सनल/एट्लेटिको म्यार्ड्रिड

फिफा पुस्कास अवार्ड 

हंगेरीका ड्यानियल सोरीले डेब्रेकेनबाट फेरेनभारोसविरुद्ध गरेको गोल

Share Now

Leave a comment.