Prakash Adhikari September 30, 2019

काठमाडौं, १२ असोज। नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले नेपालको धितोपत्र बजार पारदर्शी र आधुनिक भई दक्षिण एसियामा नै अग्रस्थानमा  पुगेको बताउनुभएको छ ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सो कुरा बताउनुभएको हो । उहाँले डिम्याट खाता अनिवार्य आस्बा प्रणालीको कार्यान्वयन र अटोमेशनले गर्दा धितोपत्र बजार आधुनिकीकरणमा प्रवेश गरेको बताउनुभयो । विगतमा आईपीओ निष्काशनदेखि लिष्टिङ हुँदै टेडिङमा पुग्न छ महिनाभन्दाबढी समय लाग्ने गरेको उल्लेख गर्दै भन्नुभयो, अहिले यो सबै प्रक्रिया एक महिनामा झरेको छ । आईपीओ बाँडफाँड तीन महिनाबाट एक हप्तामा हुने अवस्था आएको छ यसले लगानीकर्ताको समय र लगानी लागत उल्लेख्य रुपमा छट्न गएको छ ।

आर्थिक पत्रकारिताको विकासमा समर्पित पत्रकारहरुका दुई संस्थाहरु आर्थिक पत्रकार समाज(सेजन) र नाफिजको नयाँ कार्यसमितिलाई बधाई २०७६ को दशै, तिहार, नेपाल सम्बत तथा छठको समेत शुभकामना आदानप्रदान गर्न बोर्डबाट आयोजना गरिएको कार्यक्रममा आफ्नो कार्यकालमा भएका सुधारहरुको चर्चा पनि अध्यक्ष कार्कीले गर्नुभएको थियो । अध्यक्ष कार्कीको कार्यकाल यसै महिनाको अन्त्यमा सकिंदैछ ।

आफ्नो कार्यकालमा भएका सुधारहरुलाई अध्यक्ष डा.कार्कीले यसरी प्रस्तुत गर्नुभएको थियो :

 म आउन पूर्व धितोपत्र बजारमा लानीकर्ताहरुले कस्ता समस्या व्यहोरिरहेका थिए ? यहाँहरुलाई थाहा नै छ । प्राथमिक बजारमा शेयर आवेदन दिन लाइन लाग्नुपर्ने, बोराका वोरा आवेदन पर्ने, आफ्नो पैसा तथा वोनस एवं हकप्रद लिन पनि लाईन लाग्नुपर्ने साथै दोस्रो बजारमा पनि नामसारीलाई ३–४ महिनासम्म लाग्ने, क्लियरिङ्ग गर्न धेरै दिन लाग्ने इत्यादि समस्याहरु थिए जसले गर्दा नियामक निकायको हैसियतले आत्माग्लानी हुन्थ्यो । त्यस्तो समस्या अहिले देख्नुहुन्छ ? धेरैले त विर्सिसके ।

 २०६३–६५ मा म नेप्सेको प्रमुख हँदा प्रथम चरणको सुधारअन्तर्गत गैर मुनाफाकारी नप्सेलाई मुनाफाकारी संस्था बनाई संचालक समितिमा
ब्रोकरको सट्टा विज्ञ राख्ने, कारोबार अटोमेसन, पहिलो पटक व्रोकर शूल्कमा ५० प्रतिशत कटौती, नेप्सेसंग व्रोकर अफिसवाट कारोवारको
शुरुआत, सेन्सटिभ र फ्लोट इन्डेक्सकोका साथै Circuit Breaker को शुरुवात इत्यादि महत्वपूर्ण सुधारका कार्यहरु भएका थिए ।

 बोर्डमा पद वहालीसँगै पूँजीबजारको दोस्रो चरणको सुधार, कार्ययोजना प्रस्तुत गरेअनुसार अधिकांश कार्यान्वयन भएका छन्। मेरो नेतृत्वमा
बोर्डलेधेरै किसिमका सुधारका कार्यहरु गरेको छ । मेरोकार्यकालमा पाँच सरकार–पाँच अर्थमन्त्रीसँग काम गर्दा पनि आर्थिक तथा वित्तीय
क्षेत्रमा लामो राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभव तथा विज्ञता, बैंक तथा धितोपत्र बजार संचालन साथै नियमन दुबैको अनुभव, कानुनको
ज्ञान, व्यवस्थापकीय क्षमता, सुधारमा प्रतिवद्धता, लगनशिलता र इमान्दारिताको साथै बोर्ड टिमको कारणले सफल भएको भन्ने लाग्छ ।
मैले वहाली गर्दाकोअवस्था र अहिलेको उपलब्धि हेर्दा गर्व पनि लाग्छ ।

 वोर्डलेयस अवधीमा एक कोणबाटभन्दा पनि विभिन्न कोणवाट उल्लेख्य र संरचनात्मक सुधारका कामहरु गरेको छ । डिम्याट खाता अनिवार्य
गरी आस्वा प्रणाली र अटोमेशनले गर्दा धितोपत्रवजार पारदर्शीर आधुनिक भईनेपाल दक्षिण एशियामा अग्रपंक्तीमध्येमा आएको, आइपिओदेखि
लिष्टिंग ट्रेडिंगसम्म छ महिनावाट एक महिनामा हुने र आइपिओ वाडफाट तीन महिनावाट एक हप्तामा हुने व्यवस्थाले समय र लगानी
लागत उल्लेख्य घटेको । आफ्नै डिम्याट खाता र वैक खतामा शेयर तथा रकम स्वतः जम्मा हुने व्यवस्था, प्राथमिक बजारमा १० कित्तासम्म
आवेदन दिन पाउने, साथै आवेदकले न्यूनतम १० कित्ता पाउने व्यवस्थाले आस्वामार्फत स्थानीय निकायसहित ७७ जिल्लामा पहुच, दोस्रो
बजार सवै प्रदेशसहित प्रमुख आर्थिक केन्द्रहरुमा विस्तार, लगानीकर्ताको संरचना समावेशीरुपमा वृद्धि, धितोपत्र नियमन निकायहरुको
अन्तर्राष्ट्रिय संस्था IOSCO को सदस्यतामार्फत अन्तराष्ट्रिय मान्यताप्राप्तसहित वोर्डको संस्थागत क्षमता अभिवृिद्ध इत्यादि उपलव्धिहरु
रहेका छन । मेरो नेतृत्वमा वोर्डलेगरेका मुख्य सुधारका केही अन्य कार्यहरु निम्नबमोजिम रहेका छन्ः

१. प्राथमिक वजार सुधार तथा विकास

क) डिम्याट खाता अनिवार्य गरी आस्वा प्रणालीपश्चात घन्टौ लाईन वस्नुपर्ने, सिमित स्थानवाटमात्र
दरखास्त दिन सक्ने, लामो समयसम्म आफ्नो रकम होल्ड हुने तथा पूरा व्याज नपाउने जस्ता समस्याहरुको समाधान ।

ख) ५० को सट्टा१० कित्तासम्म आवेदन दिन पाउने, साथै न्यूनतम १० कित्ता पाउने व्यवस्थामार्फत वजार समावेशी भएको

ग) एफपिओको मूल्य निर्धारणका मापदण्ड तय तथा एकचोटी एफपिओ निश्काशन गरेपछि पाँच वर्षसम्म निष्काशन गर्न नपाउने व्यवस्था ।

घ) अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने इत्यादि ।

२. दोस्रो वजार सुधार तथा विकास

क) २०६४ सालको कारोवार अटोमेशनपछि २०७२ माघदेखि नामसारी राफसाफ अटोमेशनको शुरुआत गरी तीन दिनभित्र नामसारी राफसाफ हुने व्यवस्था गरिएकोसाथै हालै अनलाईन कारोबारको शुरुवात ।

ख) धितोपत्र कारोवारमा लाग्ने दलाल व्यवसायी शुल्कलाई समसामयिक वनाई ४० प्रतिशतसम्म कम गरिएको ।

ग) लगानीकर्ताले मार्केट डेप्थ हेर्न सक्ने व्यवस्था,

घ) एक मात्र क्लियरीङ्ग बैंकको सट्टा तीन क्लियरीङ्ग बैंक थप गर्ने व्यवस्था ।

ङ) दोस्रोवजार विस्तार

झ) विक्री नभएको हकप्रद सेयर लिलाम प्रक्रियामा उपत्यकावाहिरको प्रमुख केन्द्रहरुवाट समेत आवेदन दिनसक्ने व्यवस्था इ० ।

३. लगानीकर्ताका प्रत्यक्ष समस्या समाधानः

सूचिकृत कम्पनीहरुले प्रदान गर्ने हकप्रद तथा बोनस शेयर तथा नगद लाभांशसहितको रकम
लगानीकर्ताका आफ्नैे डिम्याट खाता र वैक खातामा स्वतः जम्मा हुने व्यवस्था इत्यादि ।

४. ब्रोकर र मर्चेन्ट बैंकिङ्ग सेवा/क्षेत्र विस्तार सुदृढीकरणः

क) मर्चेन्ट वैंकरको पूजीवृद्धिसहित संस्थागत परामर्शको सेवाको कार्यक्षेत्र थप र
सेवासुदृढसहित काडमाडौवाहिर शाखा विस्तार । ख) धितोपत्र व्यवसायीकोपूजीवृद्धिसहित कार्यक्षेत्र (मार्जिन कारोवार) वृद्धि, सेवा र शाखापूर्वाधार
सुदृढ र शाखा विस्तारको व्यवस्था ।

५. बोर्डको संस्थागत क्षमता अभिवृद्धिः

बोर्ड अध्यक्ष एवं कर्मचारी र संचालकमा आचारसंहिता लागू, वोर्डमा दक्ष जनशक्ति तीन गुणा थप गर्नुका
साथै संस्थागत नियमनकारी र सुपरीवेक्षकीय क्षमता अभिवृद्धि गरिएको ।

६. नयाँ वित्तीय उपकरण/सेवाको व्यवस्थाः

क) खुलामुखी सामूहिक लगानी योजना संचालन गर्ने व्यवस्था । ख) भेन्चर क्यापिटल, पा्रइभेट इक्युटी
र हेज फण्डको संचालन गर्न विशिष्टिकृत लगानी कोषकोव्यवस्था । ग) व्रोकरवाट मार्जिन कारोवार हुनेव्यवस्था ।

७. कानुनी संरचनाको विकास तथा सुदृढीकरणको साथै आर्थिक जरिवनासहितको कानूनी कारवाहीः यस अवधिमा क) धितोपत्र दर्ता तथा निष्काशन
नियमावली, धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, विशिष्टिकृत लगानी कोष नियमावली, वस्तु विनिमय वजार ऐन र नियमावली
वनाई लागु गरिएको ।

ख) साथै रु१० लाखसम्मको विभिन्न किसिमको आर्थिक जरिवनासहितको धितोपत्र व्रोकर व्यवसायीहरु, कोष व्यवस्थापक र डिपीहरुलाई
कानूनी कारवाही गरिएको इ० ।

८. बास्तविक क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा ल्याउने प्रोत्साहमूलक प्याकेज र सूचिकृत कम्पनमिा सुशासन निर्देशिका लागूः

क) धितोपत्रबजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई प्रवेश गर्न प्रोत्साहन गर्न न्यूनतम दश प्रतिशतसम्म सार्वजनिक निष्काशन गर्न पाउने, प्रिपियममा
यस्तो निश्काशन गर्न पाउने साथै सरकारवाट १५–२५ प्रतिशतसम्म आयकर छुट सहितको प्याकेज प्रोग्रामको व्यवस्था गरिएको र

ख)सूचिकृत कम्पनीमा सुशासन निर्देशिका वनाई आव २०७५।७६ देखि लागू ।

९. बोर्डलाई अन्तराष्ट्रिय मान्यता
वोर्ड सन२०१७मा धितोपत्र नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था IOSCO को सदस्यताको साथै सन २०१९मा f OECD INFE को
नेपालको तर्फबाट पूर्ण सदस्यतासमेत प्राप्त भई यसरी बोर्डलेअन्तराष्ट्रिय मान्यता पाएको। साथै वित्तीय साक्षरता सम्बन्धी पहिलो OECD
SEBON  अन्र्तराष्ट्रिय सम्मेलनको आयोजना ।

१०.अन्य सुधार र विकास

क) ओटिसीबजार कारोवार शुल्कमा ९० प्रतिशतसम्म कटौती गरी ओटिसी बजारलाइ सक्रिय÷प्रभावकारी वनाइएको
। ख) धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सम्वन्धित निक्षेप सदस्य (डिपी) वाट हुने व्यवस्था, ग) वित्तीय साक्षरता अभिवृिद्ध गर्न
धितोपत्र बजारसम्बन्धी रेडियो नेपालसंग पाक्षिक कायक्रम र लगानीकर्तासंग पाक्षिक प्रत्यक्ष संवाद रेडियो कायक्रम कातिपुर रेडियोसंग हुने
व्यवस्थाको साथै वोर्डमा पाक्षीक निशूल्क लागानीकता प्रशिक्षण समेत संचालन सहितका विभिन्न कार्यक्रमका व्यवस्था । घ) बोर्डको
सिफारिसमा सरकारबाट बजारमा भ्याट नलाग्ने व्यवस्था ङ) धितोपत्र व्यवसायीहरुको काम कारवाहीको अनुगमन तथा सुपरिवेक्षण गर्न
सुपरिवेक्षण म्यानुअल तयारी गरी यसलाई सुदृढ गरिएकोइत्यादि ।

पाइपलाइन/कार्यान्वयनको क्रममा रहेका कार्यहरु

क) अन्तिम चरणमा रहेको वैकको सहायक कम्पनीलाई व्रोकर लाइसेन्स दिई प्रतिस्पधात्मक सेवा प्रदान गर्ने । ख) प्रशिक्षण प्रतिष्ठान र
प्रादेशिक कार्यालयको स्थापना । ग) अर्थतन्त्रको आकार र वस्तु कारोवारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणलाई समेत दृष्टिगत
गरी बोर्डबाट दुईवटा मात्र वस्तु विनिमय बजार सञ्चालन गर्न स्वीकृति प्रदान गरिने नीतिगत निर्णय भएअनुसार अनुमति प्रदान गरी
यस्तोवजार संचालन गराउने । घ) बोर्डको सुधारका लागि धितोपत्र सम्बन्धी ऐन संसोधनको प्रस्ताव अर्थमन्त्रालयमार्पmत संसदमा प्रस्तुत । ङ)
यसका अलवा धितोपत्र व्यवसायी (व्रोकर र मचैण्ट वैकिग) नियमावली, धितोपत्र व्यवसायी (मर्चेन्ट वैंकर), नियमावली, सामूहिक लगानी
कोष नियमावली, क्रेडिट रेटिङ्ग नियमावली, धितोपत्र दर्ता निष्काशन नियमावली आदिमा महोत्वपूर्ण संशोधन गरी प्रस्तावित संशोधन नेपाल
सरकार अर्थमन्त्रालयमा स्वीकृतिका लागि पेश गरिएको । मुख्यतः ब्रोकरलाई डिलरसिप र एड्भाईजरी सेवा प्रदान गर्नेका साथै धितोपत्र
व्यावसायी गाभिने÷ प्राप्ति हुने, सबै नियमन संस्थामा स्वार्थ बाझिन नहुने, राईट शेयर दोव्वर भर्न पाउने, सार्वजनिक निष्काशनमा बुक
विल्डङ्ग विधि अपनाउने, स्थानीयले पाउने शेयरको लकईन पिरियड घटाउने, लाईफ ईन्सुरेन्स कम्पनीले म्युचुअल फण्ड संचालन गर्न पाउने
इत्यादि व्यवस्था गरिएको छ । साथै भित्री कारोबार निषेध नियमावली बोर्डबाट अर्थमन्त्रालय स्वीकृतिका लागि पठाउने क्रममा रहेको ।

चुनौतीहरु

क) अर्थतन्त्र र पुँजी बजारकोआवश्यकता र विकास सम्बोधन गर्न निजी क्षेत्रमा थप एक स्टक एक्सचेञ्ज प्रवेश गराउने नीतिगत निर्णय
भैसकेको परिेपे्रक्ष्यमा नेप्सेको कर्पोरेट निजीकरण सुधारकोसाथैआधुनिक अर्को स्टक एक्स्चेंज स्थापना गरी प्रतिस्पर्धात्मक, स्वस्थ र आधुनिक
वजारको विकास र विस्तार गर्ने, जसवाट आधुनिक सुविधा उपलव्ध भइ दैनिक रु ५ अरवको कारोवार हुनसक्ने । ख) ऋणपत्र बजारलाई
आधुनिक र सक्रिय बनाउने ग) अन्तराष्टिय स्तरको धितोपत्र कारोवारको टेष्टेड सफ्टवेयर प्रणाली अपनाई गैर आवासीय नेपाली तथा
विदेशी संस्थागत लगानीकर्ताहरुलाई वजारमा प्रवेश गराउने र घ) नियमन निकायसहित वजारसहभागहिरुको क्षमता अधिवृद्धि गरी नेपालको
धितोपत्र वजारलाई अन्र्तराष्ट्रिय रुपमा स्तरोन्नति गराउनु नै मुख्य चुनौती रेहेको छ ।

उहाँले बोर्डबाट सेवा निवृत भएतापनि पूँजीबजार, अर्थतन्त्र, बैंकिङ्ग, लघुवित्त र सामाजिक कार्य र आफ्नो विज्ञता भएको क्षेत्रमा निरन्तर सेवा दिइरहने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । बोर्डका अध्यक्ष डा.कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तक र संचारकर्मीहरुलाई धन्यवाद समेत दिनुभएको छ ।

Share Now

Leave a comment.