काठमाडौं, २९ असोज । गैर आवासीय नेपाली संघ(एनआरएनए)को पूर्व निर्धारित मतदान कार्यक्रममा अन्तिम समयमा लफडा सिर्जना हुन गएको छ ।
निर्वाचन समितिले सबै मतदाताहरुलाई आफ्नो पासपोर्ट वा आफू रहेको मुलुकको नागरिकता लिएर मतदानमा सहभागी हुन दिने नयाँ व्यवस्था गरेपछि यो लफडा सिर्जना भएको हो ।
संबन्धित मुलुकबाट एनआरएनको विधान अनुरुप सदस्यता लिई निर्वाचन निर्देशिका अन्तरगतका सम्पूर्ण प्रावधानहरु पूरा गरी प्रतिनिधि चयन भएर नवौ विश्व भेला तथा साधारण सभामा सहभागी भएका एनआरएन प्रतिनिधिहरुलाई मतदानको लागि पासपोर्ट तथा कार्यरत मुलुकको नागरिकता अनिवार्य ल्याउनु पर्ने व्यवस्था गरिएपछि कतिपय प्रतिनिधिहरुले विरोध जनाएका थिए । प्रतिनिधि परिचय पत्रका आधारमा मतदान हुने विश्वासमा रहेका धेरैजसो मतदाताले आफ्नो पासपोर्ट नलिईकन विश्व सम्मेलनमा पुगेका थिए ।
https://www.facebook.com/kul.acharya.50/videos/10157685657622803/
निर्वाचन समितिले विद्युतीय यन्त्रबाट मतदान गर्ने व्यवस्थालाई पनि परिवर्तन गरी बिहिबारको निर्वाचन मतपत्रको आधारमा हुने जनाएको छ ।
निर्वाचन समितिको सूचना
गैर आवासिय नेपाली संघको२०७६ असोज २९ गते हुने भनिएको निर्वाचन प्रविधिमा आएको समस्याको कारण२०७६ असोज ३० गते बिहान १० बजेसम्मका लागिस्थगित भएको सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएकोयसबाटछ। उम्मेदवार तथा मतदातामा पर्न गएको असुविधा प्रति निर्वाचन समिति क्षमाप्रार्थी छ ।

निर्बाचन समिति
…k.p. Pandey एबलमभथ।। ..
के.पि. पाण्डे शिब प्र.रिजाल
सदस्य आयुक्त
मिति :
२०७६ असोज २९ बेलुका ९ बजे


















