काठमाडौं, ५ कार्तिक । आर्थिक अनियमितता,भ्रष्टाचार र खराब व्यवस्थापनको पर्याय नै बनेको नेपालका सार्वजनिक संस्थानहरु मध्येको नेपाल वायुसेवा निगममा अहिले जनरल सेल्स एजेण्ट काण्ड उजागर भएको छ ।
निगमले आफैंले सार्वजनिक गरेको प्रस्ताव आह्वान पत्र(रिक्वेष्ट फर प्रपोजल)मा उल्लेखित प्रावधानका विपरीत आफ्नो ट्राभल एजेन्सी व्यवसाय नै नभएको कम्पनीलाई मिलेमतोमा जीएसए नियुक्त गर्ने तयारी गरेपछि यो प्रकरणको अनियमितता सार्वजनिक भएको हो ।
निगमका विश्वस्त सूत्रले दिएको जानकारी अनुसार निगमले साउदी अरबको रियादमा नियमित सेवा आरम्भ गर्ने तयारीसंगै सो देशमा निगमका टिकट बिक्रीका लागि आपसी समझदारीमा जनरल सेल्स एजेण्ट नियुक्ति गर्न जुन २३ मा १५ दिनको म्यादसहित प्रस्ताव आह्वान गरेको थियो ।
७ जुलाई २०१९ को अन्तिम म्यादसम्म लिजर कार्गो फिज्को, महाराह ट्राभल एण्ड टुरिजम,जाज एभिएसन,अलजजिरा अल अरेबिया ट्राभल एण्ड टुरिज्म र अरेबियन कम्पनी फर ट्राभलर्स सर्भिसेस नामक कम्पनीहरुले आवेदन दिएका थिए ।

Request for application for appointment of Online GSA (Passenger-Cargo) through Negotiation in the Kingdom of Saudi Arabia (KSA)
15 Jul, 2019
Nepal Airlines Corporation
Commercial Department
Applicants selected for further negotiation for appointment of Online GSA (Passenger / Cargo) through Negotiation in the Kingdom of Saudi Arabia (KSA)
Published Date: July 15, 2019
Nepal Airlines Corporation, a fully government owned company and National Flag Carrier of Nepal, on June 23, 2019 published notice as, ‘Request for application for appointment of Online GSA (Passenger / Cargo) through Negotiation in the Kingdom of Saudi Arabia (KSA)’. Total Five (05) agencies have been selected for further negotiation process based on their application which are enlisted below:
SN NAME OF THE AGENCY REMARKS
1.LEISURE CARGO FZC SELECTED FOR FURTHER NEGOTIATION
2. MAHARAH TRAVEL & TOURISM SELECTED FOR FURTHER NEGOTIATION
3.JAZ AVAITON SELECTED FOR FURTHER NEGOTIATION
4 AL-JAZIRAH AL-ARABIA TRAVEL AND TOURISM CO SELECTED FOR FURTHER NEGOTIATION
5 ARABIAN CO. FOR TRAVELERS SERVICES SELECTED FOR FURTHER NEGOTIATION
Note:
Nepal Airlines Corporation will contact above enlisted agencies through official e-mail for further negotiation.
साना ठूला हरेक खरिद र बिक्रीमा दुई तिहाईको सरकार चलाउने पार्टी हाई कमाण्डलाई रकम बुझाउनु पर्दछ भन्दै १० प्रतिशत कमिशन माग्ने निगमको वर्तमान व्यवस्थापनले जीएसए चयनमा पनि लगभग करोड रुपैयाको माग गर्दै आवेदक कम्पनीका स्थानीय प्रतिनिधिहरुको ढोका चहारेपछि यो चयन प्रक्रिया पहिल्यै विवादमा परेको थियो ।
निगम सूत्रका अनुसार साउन २३ गते बसेको बैठकमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले साउदी अरेबियाका लागि जाज एभिएसनलाई जीएसए नियुक्त गर्ने प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावको विस्तृत विवरण समेत अध्ययन गर्नुभएका सञ्चालक अच्युत पहाडीले सो कम्पनीको ट्राभल एजेन्सीको व्यवसाय नै नभएकोले त्यसलाई दिन नमिल्ने भन्दै फरक मत. नोट अफ डिसेन्ट लेख्नुभयो ।
निगमले जारी गरेको प्रस्ताव आह्वान पत्रको चौथो बूँदामा आवेदक कम्पनीले संबन्धित मुलुकको कानून अनुरुप स्थानीय निकायले यात्रु र कार्गो ट्राभल एजेन्टको काम गर्ने अनुमति दिएको वैध दर्ता कम्पनीको दर्ता प्रमाण पत्र पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

Nepal Airlines Corporation
Commercial Department
Request for application for appointment of Online GSA (Passenger / Cargo)
through Negotiation in the Kingdom of Saudi Arabia(KSA)
Published Date: June 23, 2019
Nepal Airlines Corporation, a fully government owned company and National Flag Carrier of
Nepal, hereby invites application from interested and qualified Passenger and Cargo Agents in
Kingdom of Saudi Arabia, to be its General Sales Agent-GSA (Passenger and Cargo)
1. Below are the mandatory documents to be submitted along with theapplication.
i. The application for Online GSA (Passenger/Cargo) must be furnished separately.
ii. The application must be furnished in company’s letter head, officially stamped and bear the signature of accountable executive.
iii. Must submitcompany profile.
iv. Must submit the valid company registration issued as per law of land or certificate issued by local authorities to establish the business of Travel Agent (Passenger) or Cargo Agent (Cargo)
v. Must submit LETTER OF SELF DECLARATION, that the company is not working as Online/Offline GSA (Passenger and Cargo) for any other airlines operating to/from Nepal
vi. Mustsubmit LETTER OF SELF DECLARATION that the company has not bee declared Bankrupt or Default.
vii. Must submit LETTER OF SELF DECLARATION that the company has not been involved in any legal disputes with Nepal Airlines Corporation.
viii. Must submit LETTER OF SELF DECLARATION that the company will not get involved in the business that could affect the business of Nepal Airlines
Corporation in future.
2. The selected applicants will be called for negotiation.
3. The deadline to submit the application along with documents mentioned above will be 15 days from the date of the publication of this notice i.e. July 07,2019
4. Application and Documents required as per SN 1 must reach to the below mentioned address via post or courier,on hand or e-mail within office hour of the deadline date.
Agency Section
Commercial Department
Nepal Airlines Corporation
Kantipath, Kathmandu, Nepal
P.O.Box: 401
Tel- 00977-1-4220757 Ext: 2498, 2214
Email: agencymd@nac.com.np, agencyid@nac.com.np
Note:
1. Nepal Airlines reserves all rights to accept/reject fully or partially the application with or
without giving the reason/s whatsoever.
2. In case, the last date of submission of the proposal happens to be an official holiday, the
next working day will be deemed as the due date
सञ्चालक पहाडीले नोट अफ डिसेन्ट लेखेपछि निगमले नायब महाप्रबन्धक गणेश चन्दको संयोजकत्वमा एक पुनरावलोकन समिति बनायो । निगमको व्यवस्थापनले पहिल्यै रकम कुम्ल्याइसकेको हुनाले यसले न्यूनतम् शर्तसमेत पूरा नगरेको कम्पनीलाई नै दिने सिफारीस सञ्चालक समितिमा पेश गरेको छ । चन्द समितिले जाज कम्पनीले एक ट्राभल एजेन्सी किनेको हुनाले उसलाई दिन सकिने सिफारीस दिएको छ ।
सार्वजनिक खरिद ऐन अनुरुप सामान्य खरिद प्रक्रियामा आवेदन गरेका बाहेकका कम्पनीलाई प्रस्ताव मूल्यांकनको समयमा लिन पाइदैन । प्रस्ताव दर्ता गर्दा ट्राभल एजेन्सी नभएको कम्पनीको प्रस्ताव प्रस्तावहरुको छानवीनको पहिलो चरणमा नै रीत नपुगेको कारण अस्वीकृत गरी रीतपुगेका प्रस्तावमात्र मूल्यांकन गरिन्छ । मूल्यांकनको चरणमा नयाँ कम्पनी खरिद गरेकोले उसलाई दिन मिल्छ भन्ने चन्द समितिको सिफारीस नै सार्वजनिक खरिद ऐन र नियमको आशय विपरीत भएको


















