Prakash Adhikari October 30, 2019

काठमाडौं, १३ कार्तिक । प्रधानमन्त्री के.पी. शर्मा ओलीको स्वास्थ्यमा फेरि समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली परीक्षणको लागि ग्राण्डी अस्पताल पुग्नुभएको छ ।

बालुवाटार सूत्रहरुले उहाँ बिहान ९ बजे अस्पताल पुग्नुभएको जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणको प्रतिवेदन सार्वजनिक भैसकेको छैन ।

परीक्षणको प्रतिवेदन आएपछि मात्रै बालुवाटर फर्किने वा उपरार्थ भर्ना हुने भन्ने निक्र्यौल हुनेछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नियमित स्वास्थ्य परीक्षणका प्रधानमन्त्री ग्राण्डी जानुभएको र केहीबेरमा अस्पतालबाट फर्किनुहुने बताउनुभयो ।

Share Now

Leave a comment.