Prakash Adhikari October 30, 2019

 

काठमाण्डौ, १३ कार्तिक ।आगामी नोवेम्बर ११ देखी १६ सम्म चिनको शंघाईमा हुने बि एन्ड आर कपका लागि नेपाली यु १९ महिला टिमको घोषणा भएको छ ।

डली भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको हो । टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेकी डलीसँगै कविता कुँवर पनि टोलीमा रहेकी छिन् । वुमन्स च्याम्पियन्स लिगमा उदीयमान खेलाडी घोषित भएकी इश्वरी विष्ट पनि टोलीमा सामेल छिन् । यसबाहेक अधिकंश खेलाडी डब्लूसीएलमा खेलेका छन् । टोलीको प्रशिक्षकमा कलाम अली रहेका छन् ।

टोलीको छनोट ३ सदस्यीय समितिले गरेको थियो । समितिमा राष्ट्रिय खेलकुद परिषदका चिफ कोच जगत टमाटासंगी राष्ट्रिय महिला टोलीका पूर्व प्रशिक्षक विनोद दास र प्रशिक्षक कलाम अली रहेका थिए । चीन प्रस्थान गर्ने १४ सदस्यीय अन्तिम टोली केहि दिनमा घोषणा हुनेछ ।

१८ सदस्यीय टोली :

१.डली भट्ट(कप्तान), २.कविता कुँवर, ३.कृतिका मरासिनी , ४.यसोदा विष्ट, ५.रुवी पोद्धार, ६.राजमती ऐरी, ७.इश्वरी विष्ट, ८.लक्ष्मी साउद, ९.खुसी डंगोल, १०.हेलिसा लामा गुरुङ, ११.ज्योती दनुवार, १२.निग्मा तामाङ, १३.शिला क्षेत्री, १४.लक्षिता राजवंशी, १५.गोमा आले, १६.पेमा लामा शेर्पा, १७.मनिषा मगर, १८.श्रृष्टी पौडेल

Share Now

Leave a comment.