Prakash Adhikari November 3, 2019

 

कीर्तिपुर(काठमाडौं), १७ कार्तिक । तीन थरी क्रिकेट श्रृखला खेल्न नेपाल आएको बेलायतको मेरिलिबोन क्रिकेट टिमसंग नेपालको यू १९ टिमले खेल्ने भएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा हुने आइतबारको खेल नेपालको तर्फबाट भारतमा हुने यू–१९ च्यालेजर्सका लागि तयारीमा रहेको नेपाली युवा टिमले खेल्नेछ ।

मेरिलिबोन क्रिकेट क्लब र यू १९ टिमबीचको खेल मैत्रीपूर्ण खेल भएकोले नेपालले पनि यसलाई हारजितभन्दा एक्पोजरका रुपमा रहेको छ ।

भारतको यू १९ टिमसंग खेल्ने तयारीमा रहेको नेपाली टिमलाई एमसीसी विरुद्धको खेलले आफ्ना कमजोरीहरु पत्ता लगाउन सघाउनेमा प्रशिक्षक विनोद दास ढुक्क हुनुहुन्छ । यू १९ टीमको नेतृत्व रित गौतममा सरेपछिको पहिलो अन्तर्र्राष्ट्रिय खेल भएकोले यस खेलले कप्तान रित गौतमको नेतृत्वको परख पनि गर्ने छ ।
मेरिलिबोन क्रिकेट क्लबले काठमाडौंंमा टी–२०,एक दिवसीय र प्रथम श्रेणीको तीन दिवसीय श्रृखला खेल्नेछ ।

Share Now

Leave a comment.