काठमाडौं, १७ कार्तिक । सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालालाई नियुक्त गरेको छ र
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरिएको हो ।
मुटु रोग विशेषज्ञ प्रा. डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक हुनुहुन्थ्यो।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले प्रा. डा. कोइरालाको नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरेको थियो।
प्रधानमन्त्री ओलीको मिर्गौलाको बुधबार र बिहिबार डायलासिस गरिएपछि आइतबार पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो।
मन्त्रिपरिषद् बैठक बस्नु पहिले प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा फोक्सोको एक्सरे गरिएको थियो।


















