Prakash Adhikari November 3, 2019

 

चौतारा(सिन्धुपाल्चोक),१७ कार्तिक । दोलखाबाट काठमाडौं आउदै गरेको बस सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेमा सुनकोशी नदीमा बस खस्दा १० जनाको मृत्यु भएको छ ।

दुर्घटनामा थुप्रै यात्रु घाइते भएका छन् ।

दुर्घटनामा केही यात्रुको घटनास्थलमै र केही यात्रुको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।

घाइतेहरुलाई बनेपा अस्पतालमा पठाइएको छ ।

बसमा करिब ४० जना जना यात्रु रहेको घाइतेहरुले बताएका छन् ।

दोलखाको मागे देउरालीबाट काठमाडौं आउँदै गरेको शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सवा १ बजे सुनकोशी नदीमा खसेको हो।

Share Now

Leave a comment.