सांघाई (चीन),२९ कार्तिक । चीनमा जारी ‘बि एण्ड आर कप” महिला अन्डर १९ टी २० प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा नेपाललाई मलेसियाले ५ विकेटले पराजित गरेको छ।
चीनको व्यापारिक शहर सांघाईमा सम्पन्न खेलमा नेपालले पहिले ब्याटिंग गर्दै दिएको १ सय १५ रनको लक्ष्य मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
पहिले ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो। नेपालका लागि राजमति ऐरीले ३७ रन जोड्दा कविता कुँवर र लक्ष्मी साउदले समान १९–१९ रन जोडेका थिए।
प्रतियोगिताको पहिलो खेलमा थाईल्याण्डसंग २९ रनले पराजित भएको नेपालले दोश्रो खेलमा चिनलाई ८ विकेटले तथा तेश्रो खेलमा म्यानमारलाई ३५ रनले पराजित गरेको थियो।


















