Prakash Adhikari December 2, 2019

धरान(सुनसरी)१६ मंसिर ।धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित हुनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गर्दै उहाँले सो इतिहास रच्नुभएको हो । निर्वाचनमा तिलकले २६ हजार ७ सय ९ मत पाउनुभयो भने प्रकाशले भने २३ हजार ९ सय १४ मत पाए ।

धरान नगरमा नेपाली कांग्रेसको यो पहिलो जित हो ।

२०७४ को स्थानीय निर्वाचनमा एमालेको टिकटबाट मेयर निर्वाचित तारा सुब्बाको निधन भएपछि रिक्त मेयर पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको थियो ।

भोजपुरमा वि.सं. २०३१ सालमा जन्मेर धरान झर्नुभएका कांग्रेस नेता तिलक राई पहिलोपटक २०५४ सालमा घरान– १८ को वडाध्यक्षमा चुनावमा उठ्नुभएको थियो तर पराजित हुनुभयो । २०७२ को स्थानीय चुनावमा मेयरमा उठनुभयो, तात्कालिन नेकपा एमालेका तारा सुब्बासग पराजित हुनुभयो । तेस्रो पटकको चुनावी प्रतिस्पर्धामा उनी उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित हुने सौभाग्य पाउनुभो ।

नेपाली कांग्रेसले धरानमा ऐतिहासकै पहिलोचोटि विजयोत्सब मनाएको छ ।

 


धरानको मेयरमा ०४८ सालयता नेपाली कांग्रेसले एकपटक पनि जित हात पारेको थिएन । ‘लालकिल्ला’का रुपमा चिनिँदै आएको धरानमा यसपालि एमाले र माओवादी मिलेको अवस्थामै कांग्रेसले जित्यो ।

मिलनसार र नरम मिजासका धनी तिलकले निर्वाचित भएपछि आफूले कसैलाई पक्ष विपक्ष नभनेर नगर र नगरबासीको लागि समर्पित भएर काम गर्ने वचनवद्धता व्यक्त गर्नुभएको छ ।

धरान उपमहानगरपालिकाको वडा नम्बर ७ को अध्यक्षमा भने नेकपाका जीवन सुवेदी एक मतले विजयी हुनुभएको छ ।

Share Now

Leave a comment.