काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पोल्टाभरी पदक जितेको छ ।
पहिलो पदक बण्डेकाजीले दिलाए

करातेका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् । उनले पुरुष एकल कातामा पाकिस्तानी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् ।
दोस्रो पुरुष कातामा

पुरुष टिम काताका पनि सदस्य रहेका उनले प्रवीण मानन्धर र महसुस तामाङको समूहमा रहेर नेपाललाई अर्को स्वर्ण जिताए ।
१३ औं सागमा स्वर्ण जित्ने पहिलो खेलाडी मण्डकाजीले २० वर्षपछि दोहोरो स्वर्ण जित्न सफल भएकोमा निकै प्रसन्नता प्रकट गरेका छन् ।उनले आठौं सागमा पनि दोहोरो स्वर्ण जितेका थिए ।
भर्खरै भएको पाँचौं दक्षिण एसियाली च्याम्पियनसीपमा भारतलाई नै हराएर स्वर्ण जितेको नेपाली कीर्तिमानी खेलाडी भारत सहभागी भएपनि नेपालले स्वर्ण जित्ने दाव िगर्दै भन्दछन्, बलियो प्रतिद्वन्द्वी पाकिस्तान र श्रीलंका नै हो ।
तेक्वान्दोको पुम्सेमा तेस्रो स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले तेक्वान्दोको पुम्सेमा तेस्रो स्वर्ण पदक जितेको छ ।
२३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् ।
उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाएका छन् ।
महिला टिम कातामा पनि नेपाललाई स्वर्ण
१३ औं साग प्रतियोगिताअन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ ।
निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । नेपालको स्कोर २४.८८ रह्यो ।
ट्रायथोलनमा सोनीले ल्याइन स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को ट्रायथोलनमा सोनी गुरुड.ले नेपाललाई स्वर्ण जिताएकी छन् ।
महिला टिम कातामा स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको महिला टिम कातातर्फ नेपालले स्वर्ण पदक जित्न सफल भएको छ। सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको फाइनल भिडन्तमा नेपालले २४.८८ अंक ल्याउँदै स्वर्ण पदक जितेको हो। रजत जितेको पाकिस्तानले २३.३ अंक प्राप्त गर्यो। नेपाली टिमका लागि निर्मला तामाङ, संगीता मगर र सरु कार्कीले स्वर्ण जिताएका हुन्। यसतर्फ समूह चरणमा नेपालले २४.७४, बंगलादेशले २४.०८, पाकिस्तानले २५.१४ र श्रीलंकाको टिमले २२.२५ अंक जोडेका थिए ।
सीना मादेनले नेपाललाई दिलाइन् पाँचौं स्वर्ण
१३औं साग अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले अर्को पदक जितेको छ ।
१८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी हुन् । उनले ८.१५० अंकका साथ यो पदक जितेकी हुन् । यो सागमा नेपालको पाँचौं स्वर्ण हो ।
पहिलो पदक रजतबाट सुरु

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत नेपालले पहिलो रजत पदक जितेको छ ।
कराँतेको व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले रजत पदक जितेकी हुन्। उनी बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल पुगेकी थिइन्।
उनी पाकिस्तानकी साहिदासँग पराजित भइन्। उनले २४.६२ अंक पाउँदा पाकिस्तानकी साहिदाले २५.२८ अंक हात पार्न सफल भइन्।
तेक्वान्दोतर्फ पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्णबहादुर तामाङले रजत पदक जित्न सफल भए।



















