Prakash Adhikari December 3, 2019

पोखरा(कास्की),१७ मंसिर । नेपाली महिला फुटबल टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा श्रीलंकालाई शून्यका विरुद्ध १ गोलले पराजित गदै आफ्नो विजयी यात्रा सुरु गरेको छ ।

पोखरा रंगशालामा भएको खेलमा गत संस्करणको रजत पदक विजेता नेपालले श्रीलंकालाई पराजित गरेको हो ।
नेपालका लागि खेलको ८६औं मिनटमा सरु लिम्बुले गरेको एक मात्र गोल निर्णायक बन्न पुग्यो ।

लिग चरणतर्फ नेपालले आफ्नो दोस्रो खेल विहीबार माल्दिभ्ससँग खेल्नेछ ।

बिहिबार नै श्रीलंकाले बलियो भारतसँग खेल्ने कार्यक्रम रहेको छ ।

Share Now

Leave a comment.