Prakash Adhikari December 3, 2019

 

काठमाडौं, १७ मंसिर । तेह्रौ‌ं दक्षिण एसियाली खेलकुद (साग)मा आयोजक राष्ट्र नेपालको पोल्टामा पदक थपिने क्रम मंगलबार पनि जारी रहेको छ ।

मंगलबार सुरु भएका खेलमा अपरान्ह १ बजेसम्म थप ५  स्वर्ण जोडेको छ । यो संगै १३ औं सागमा नेपालले स्वर्ण संख्या २० पुर्‍याएको छ।

मंगलबार नेपालले उसु तर्फ २ स्वर्ण थपेको छ। नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो।

महिलामा सुस्मिता तामाङले स्वर्ण जितिन् भने पुरुषमा विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन्।

त्यस्तै नेपालले मंगलबार कराँ‍तेमा स्वर्ण थप गरेको छ। नबिन रसाइलीले कराँतेको ६७ केजी तौल समूहमा स्वर्ण जितेका हुन्।

पोखरामा दुआथलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् ।

एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ ।

नेपालकी सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन् ।

सोमबार सम्पन्न भएका खेलमा नेपालले १५ वटा स्वर्ण पदक, ३ रजत र ४ कास्य गरी २२ पदक जितेको छ ।

नेपालले सोमबार कराँते र तेक्वान्दोमा समान ७–७ र ट्रायथलनमा एक गरी १५ स्वर्ण जितेको थियो ।

त्यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक पनि जितिसकेको छ ।

घरेलु मैदानमा भएको सागमा नेपाललाई पहिलो स्वर्ण करातेका मण्डेकाजी श्रेष्ठले दिलाए ।

२० वर्षपछि पुरुष एकल कातामा नेपाललाई स्वर्ण प्राप्त गर्ने अवसर थियो ।

लगत्तै नेपालले पुरुष टिम कातामा पनि स्वर्ण जित्यो । यसमा मण्डेकाजी प्रवीण मानन्धर र महसुस तामाङको योगदान रह्यो ।

तेक्वान्दोकी आयशाले पनि सोमबार पुम्सेको एकलमा स्वर्ण दिलाइन भने टीममा पनि स्वर्ण पदक दिलाउन उनको योगदान रह्यो ।

सोमबार नेपालले जितेको १५ मध्ये ७ स्वर्णमा कराँतेको योगदान रह्यो ।

महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीको टिमले स्वर्ण जित्यो ।

कुमुतेतर्फ पनि नेपालले चार स्वर्ण जित्यो । पुरुषतर्फ ५५ केजीमुनी लक्ष्मण तामाङ र ८४ केजीभन्दामाथि विप्लवमान श्रेष्ठले स्वर्ण जिते । महिलातर्फ ४५ केजीमुनी कुशुम खड्का र ५० केजीमुनी अनु अधिकारीले स्वर्ण जितेकी छिन् ।

सागमा पहिलो पटक समावेश भएको पुम्सेमा १७ देखि २३ वर्षको समूहमा सीना मादेन, २३ देखि २९ वर्ष समूहमा पार्वती गुरुङले स्वर्ण जितेकी छन् । पुरुषतर्फ २३ देखि २९ वर्ष समूहकाकमल श्रेष्ठले पनि स्वर्ण पदक जितेका छन् ।

यसैगरी पुम्सेको कटिमतर्फ १७ देखि २३ वर्ष उमेर समूहमा निशा दर्नाल, स्वस्तिमा तामाङ र रञ्जिला तिमल्सिना तथा २३ देखि २९ वर्ष उमेर समूहमा नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईको टिमले नेपाललाई स्वर्ण पदक दिलाएका छन् ।

रजत र कास्य

यसअघि ७४ केजी समूहमा नेपाली खेलाडी दिवस श्रेष्ठले रजत पदक जितेका थिए। उनी बङ्लादेशका महम्मद रमजानलाई हराउँदै फाइनलमा पुगेका थिए। तर श्रीलंकाका जयकोदी अराच्चिगे केलाई हराउँदै फाइनल पुगेका पाकिस्तानका मुअहम्मद अविससँगको फाइनल भेटमा दिवस पराजित भए।

चन्चला दनुवारले करातेको व्यक्तिगत महिला एकल कातातर्फ रजत पदक जितेकी छिन्। चन्चलाको यो पदकसँगै आयोजकका लागि घरेलु भूमिमा जारी १३ औं सागमा नेपालले पहिलो पदक जितेको हो।

Share Now

Leave a comment.