काठमाडौं,२१ मंसिर । नेपालले फुटबलमा माल्दिभ्सलाई हराउँदै १३ औँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदकका लागि फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।
शनिवार काठमाण्डूको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई २-१ गोलले हराएको हो।
गत दक्षिण एशियाली खेलकुदको स्वर्ण पदक विजेता नेपालको यो तीन खेलमा दोस्रो जित हो।
यो नतिजापछि नेपाल सात अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ। लिगको समाप्तिमा शीर्ष स्थानमा रहने दुई देशले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।
१३औँ दक्षिण एशियाली खेलकुद फुटबल
अङ्क तालिका
| देश | खेल | जित | बराबर | हार | अङ्क |
|---|---|---|---|---|---|
| नेपाल | ३ | २ | १ | ० | ७ |
| भुटान | ३ | २ | ० | १ | ६ |
| बाङ्ग्लादेश | ३ | १ | १ | १ | ४ |
| माल्दिभ्स | ४ | ० | २ | २ | २ |
| श्रीलङ्का | ३ | ० | १ | २ | १ |
शनिवार माल्दिभ्सले १८औँ मिनेटमा गोल गरेर अग्रता लिएको थियो।
अभिषेक रिजालले ४३औँ मिनेटमा गोल गरेर बराबरी गरे भने अनन्त तामाङले ५१औँ मिनेटमा गोल गरेर नेपाललाई अग्रता दिलाएका हुन्।
शनिवार बेलुका श्रीलङ्का र भुटानबीच खेल हुँदैछ। सो खेलमा भुटान पराजित भए नेपाल फाइनलका लागि छनौट हुनेछ।
अन्तिम लिग खेल आइतवार नेपाल र बाङ्ग्लादेशबीच हुनेछ।


















