कीर्तिपुर(काठमाडौं),२१ मंसिर । दक्षिण एसियाली खेलकुद सागमा फाइनल पुगेर स्वर्ण पदक जित्ने नेपालको सपना अधुरो भएको छ ।
शनिवार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई ४४ रनले पराजित गर्दै फाइनलमा पुग्न बंगलादेशले अवरोध सिर्जना गर्यो ।
कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनायो ।
१ सय ५६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरको खेलमा जम्मा १ सय ११ रन बनायो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्रनाथ ऐरीले मात्र दोहोरो अंक जोड्न सके ।
खराव सुरुवात गरेको नेपालले ११ रनमा पहिलो विकेट गुमायो । त्यसपछि १४ रनमा तीन विकेट गुमाएको नेपालले ६६ रन बनाउँदा ५ विकेट खेर फाल्यो । नेपालका पारस खड्का ९ रनमा आउट भए भने पवन सराफले खाता खोल्न सकेनन् । यस्तै आरिफ शेखपनि खाता खोल्न सकेनन् । त्यसपछि दिपेन्द्र ऐरी मात्र १६ रनमा पेभेलियन फर्किएपछि नेपालले चौथो विकेट गुमायो ।
कमजोर ब्याटिङ गरेको नेपालका रोहित पौडेल ८ तथा विनोद भण्डारी ३ रनमा पेभेलियन फर्किदा नेपालले ७५ रनमा ६ विकेट गुमायो ।
त्यसपछि नेपालका खेलाडी विच राम्रो साझेदारी हुन सकेन । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले ४३ रन बनाउँनु बाहेक अरु खेलाडी नाम धान्ने रन बनाउन असफल रहे र नतिजा बंगलादेशको पक्षमा सुम्पियो ।
यस अगाडि पहिले ब्याटिड. गर्दै निर्धारित २० ओभरको खेलमा १ सय ५५ रन जोडेको थियो । बंगलादेशले १६ रनमा तीन विकेट गुमाएको थियो । उसका सुरुवाती तीनै खेलाडीलाई पूर्व कप्तान पारस खड्काले आउट गरेका थिए । जसमा ओपनर मोहम्मद नइमलाई ६, सौम्य सरकारलाई पनि ६ तथा सेइफ हसनलाई खाता खोल्न नपाउँदै आउट गरे ।
त्यसपछि यासिर अलीलाई १४ रनमा अभिनाश बोहोराले १४ रनमा पेभेलियन फर्काएपछि नेपालले ५९ रनमा चार विकेट लिन सफल भयो ।
तर त्यसपछि कप्तान नाजमुल हसन सान्टो र अफिफ होसेन विच ८६ रनको उत्कृष्ट साझेदारी हुँदा नेपालले बलियो लक्ष्य पायो । जसमा सान्टोले अविजीत ७५ रन बनाए भने हुसेनले पनि ५२ रनको अर्धसतकीय पारी खेले ।
बलिङमा नेपालका लागि पारस खड्काले तीन तथा दिपेन्द्र ऐरीले दुई विकेट लिए ।
यो हारले नेपालको पदकको आशा काश्यमा सीमित भएको छ ।


















