Prakash Adhikari December 7, 2019

 

 

पोखरा(कास्की),२१ मंसिर । १३औं दक्षिण एसियाली खेदकुद (साग)को महिला क्रिकेटमा काश्य कदक जितेको छ ।

 

पोखरा क्रिकेट मैदानमा भएको खेलमा अञ्जली चन्दको उत्कृष्ट बलिङसँगै नेपालले माल्दिभ्सलाई १० विकेटको पराजित गर्यो ।

 

नेपालकी अञ्जलीले घातक बलिङ गरिन् । ४ ओभर बलिङ गरेकी उनले ३ मेडन राख्दै मात्र १ रन खर्चिर ४ विकेट लिइन् ।

 

समूह चरणमा माल्दिभ्सविरुद्ध नै उनले १३ बलमा रन नै नदिई ६ विकेट लिएर विश्व कीर्तिमान बनाएकी थिइन् ।

 

यस्तै कप्तान रुविना क्षेत्री र सीता राना मगरले समान २ । २ विकेट लिए।

 

यस अगाडि माल्दिभ्सले निर्धारित २० ओभरको खेलमा जम्मा ८ रन जोड्दा अलआउट हुन पुगेको थियो ।

 

९ रनको लक्ष्य मात्र नेपालले मात्र ७ बलमा विना विकेटको क्षतिमा भेट्टायो ।

 

Share Now

Leave a comment.