Prakash Adhikari December 8, 2019

 

काठमाडौ, २२ मंसिर । १३ औं दक्षिण एशियाली खेलको आयोजक नेपाल फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा प्रतिस्पर्धी बंंगलादेशलाई ० का विरुद्ध १ गोलले पराजित गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो ।

नेपालले मंलबार हुने फाइनलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालको जितमा सुनिल बलको एक मात्र गोल निर्णायक रह्यो । उनले पहिलो हाफको ११औं मिनटमा बक्स नजिकै सुजल श्रेष्ठले मिलाइदिएको पासमा सुन्दर गोल गरेका थिए ।

खेलको अन्तिमतिर बंगलादेशका जमल भुयनले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि पाहुना टोली दश खेलाडीमा सिमित हुन पुगेको थियो ।

नेपालले अब स्वर्ण पदकका लागि मंगलबार भुटानसँग फाइनल खेल्नेछ ।

स्मरण रहोस, नेपाल साग फुटबलमा छैठौं पटक फाइनलमा पुगेको हो।

यसअघि नेपाल १९८४, १९८७, १९८३, १९९९ र २०१६ मा फाइनल पुगेको थियो। त्यसमध्ये नेपालले १९८४, १९९३ र २०१६ मा उपाधि उचालेको थियो।

यस प्रतियोगितामा नेपालले सुरुवाती खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो।

यसअघि भारतको गुवाहाटीमा सम्पन्न १२औं सागमा पनि नेपालले भारतलाई हराउँदै ऐतिहासिक स्वर्ण जितेको थियो ।

Share Now

Leave a comment.