Prakash Adhikari December 10, 2019

काठमाडौं,२४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत समापनको दिन बक्सिङबाट नेपालले ५० औँ स्वर्ण पदक जितेको छ।

नेपालका सनिल शाहीले बक्सिङको ६० केजी तौल समूहबाट स्वर्ण पदक जितेका हुन्।

सातदोबाटोस्थित कराँते हलमा पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडी खेलाडी भिरेन्दर सिंहलाई हराउँदै सनिलले ५० औं स्वर्ण जितेका हुन्।

नेपालले सोमबार जुडो, बक्सिङ र पौडीबाट स्वर्ण पदक थपेपछि नेपालको स्वर्ण ४९ पुगेको थियो।

नेपालले अहिलेसम्म ५० स्वर्ण, ५५ रजत र ८८ कास्य पदक जित्‍न सफल भएको छ।

पहिलो स्थानमा रहेको भारतले १६४ स्वर्ण, ९१ रजत र ४४ कास्य पदक जितेको छ।

श्रीलङ्का ३९ स्वर्ण, ८१ रजत र १२२ कास्यसहित तेस्रो, पाकिस्तान ३० स्वर्ण, ३७ रजत र ५५ कास्यसहित चौथो, बङ्गलादेश १९ स्वर्ण, ३२ रजत र ८५ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र तीन कास्य जित्दै छटौँ तथा भूटान पाँच रजत तथा १३ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ।

नेपालले फुटबलबाट स्वर्ण जित्ने सम्भावना अझै बाँकी छ। नेपालले यो सागमा ५० स्वर्ण जित्ने लक्ष्य लिएको थियो।

Share Now

Leave a comment.