Prakash Adhikari December 10, 2019

 

काठमाडौं २४ मंसिर । १३औं सागको पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ ।

मंगलबार दशरथ रंगशालामा भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २–१ ले पराजित गर्दै स्वर्ण पक्का गरेको हो ।

मंगलबार भएको फाइनल खेलमा नेपालका लागि १७औं मिनटमा अभिषेक रिजालले गोलको खाता खोलेका थिए ।

खेलको ३७औं मिनटमा भुटानका चेन्चो ग्याल्सेनले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ १–१ को बराबरी खेले तापनि दोस्रो हाफको शुरुवाततिर ५४औं मिनटमा सुनिल बलले नेपालका लागि दोस्रो गोल गरे ।
सुनिलको निर्णायक गोलसंगै नेपाल सार्क च्याम्पियन बनेको छ ।

नेपालले यस अगाडि भएको १२ औं दक्षिण एशियाली खेलमा पनि स्वर्ण जितेको थियो ।

यो जितसंगै १३ औं दक्षिण एशियाली खेलकुदमा नेपालले ५१ स्वर्ण जितेको छ ।

Share Now

Leave a comment.