Prakash Adhikari December 18, 2019

वाशिंटन(संयुक्त राज्य अमेरिका), २ पौष(बीबीसी)। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई डेमोक्र्याटहरुले गरेको ‘कु’को प्रयास भनेका छन्।

ती डेमोक्र्याटहरुले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको आरोप पनि ट्रम्पले लगाए।

डेमोक्र्याटिक वरिष्ठ नेता तथा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख रहेकी न्यान्सी पेलोसीलाई लेखिएको ६ पृष्ठ लामो आक्रोशपूर्ण पत्रमा ट्रम्पले आफूलाई गरिएको व्यवहार १७औँ शताब्दीमा जादुटुना गर्नेलाई गरेजस्तो भएको बताए।

पेलोसीलाई लेखिएको पत्रमा उनले “अमेरिकी प्रजातन्त्रमाथि खुल्ला युद्ध”को घोषणा गरेको भनी आरोप लगाएका छन्।

असाधारण हस्तक्षेप

मङ्गलवार पठाइएको पत्रमा उनले महाभियोगजस्तो शब्दको महत्त्वलाई सस्तो बनाइएको पनि बताएका हुन्।

बुधवार हुने मतदानमा परिणाम केही फरक होलाकि भन्ने झिनो आशामा ट्रम्पले महाभियोग प्रक्रियाबारे सदनकी सभामुख पेलोसीलाई ६ पृष्ठ लामो रोषपूर्ण पत्र लेखेका हुन्।

सभामुख न्यान्सी पेलोसी
ट्रम्पमाथि महाभियोगको छानबिन सुरु गर्ने घोषणा गर्दा सभामुख न्यान्सी पेलोसीले ‘कोहीपनि कानुन भन्दा माथि नरहेको’ र ट्रम्पलाई उनको कदमकालागि ‘जवाफदेही ठहर्‍याउनुपर्ने’ बताएकी थिइन्।
यो राष्ट्रपतिले गरेको असाधारण हस्तक्षेप हो।

शक्तिको दुरुपयोग गरेको र संसदमा बाधा पुर्‍याएको भन्ने विशेष आरोपमा राष्ट्रपतिले पहिलो आरोप ‘निराधार हस्तक्षेप’ भएको र दोस्रो ‘खतरनाक र निरर्थक’ भएको बताए।

व्यक्तिगत राजनीतिक उपलब्धिका लागि युक्रेनलाई दबाब दिएको भन्ने आरोपमाथि बुधवार उनले महाभियोगसम्बन्धी मतदानको सामना गर्दैछन्।

उनले आफ्नो पत्रमा महाभियोग प्रकरणको सुरुदेखि नै उचित संवैधानिक प्रक्रियाबाट आफू विमुख भएको र प्रमाण प्रस्तुत गर्न पाउने संवैधानिक अधिकार पनि नदिइएको बताएका छन्।

अस्वीकार
खासमा राष्ट्रपतिलाई सदनको न्यायिक समितिका अध्यक्षले महाभियोग प्रक्रियामा आफ्ना प्रमाणहरू पेश गर्न सार्वजनिक रुपमा बोलाएका थिए।

उनी उक्त प्रक्रियामा सहभागी भएका भए आफ्ना कानूनी समूहले साक्षीसँग प्रश्न गर्न पाउने अनुमति पनि पाउँथे।

बुधबार यदि अपेक्षा गरिए अनुसार नै मतदान भएमा अमेरिकी इतिहासमा महाभियोगमा पर्ने ट्रम्प तेस्रो राष्ट्रपति हुनेछन्।
बुधबार यदि अपेक्षा गरिए अनुसार नै मतदान भएमा अमेरिकी इतिहासमा महाभियोगमा पर्ने ट्रम्प तेस्रो राष्ट्रपति हुनेछन्।
तर ट्रम्पले त्यसलाई अस्वीकार गरेका थिए।

ट्रम्पले शक्तिको दुरुपयोग गरेको र संसदमा बाधा पुर्‍याएको भन्ने दुईवटा महाभियोगका आरोपहरू झेलिरहेका छन्।

बुधबार यदि अपेक्षा गरिए अनुसार नै मतदान भएमा अमेरिकी इतिहासमा महाभियोगमा पर्ने ट्रम्प तेस्रो राष्ट्रपति हुनेछन्।

उनी त्यसपछि सुनुवाइका लागि माथिल्लो सदन जानेछन् जहाँ दुवै पार्टीका सदस्यहरूले स्वतन्त्र रुपमा सुनुवाइ गर्नुपर्नेछ।

Share Now

Leave a comment.