न्युयोर्क(संयुक्त राज्य अमेरिका), २ पौष । चीनको आग्रहमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले भारतको अधिनमा रहेको कस्मिरको अवस्थाका विषयमा बैठक गर्ने भएको छ।
युएन सुरक्षा परिषद्ले भारतले जम्मु कस्मिरलाई दिएको विशेषाधिकार खारेजपछि पहिलोपटक कस्मिरको अवस्थाका विषयलाई लिइएर बैठक बस्न लागेको हो।
यसअघि युएनलाई पाकिस्तानले पनि भारतको अधिनमा रहेको कस्मिरको अवस्थाका बारेमा चासो राख्न आग्रह गरेको थियो। तर, युएनले चीनको आग्रहपछि मात्रै त्यस क्षेत्रको अवस्थाका बारेमा छलफल गर्ने भएको हो।
भारतले केही अघि जुम्म कस्मिरलाई दिएको विशेष अधिकार खारेजपछि त्यहाँको अवस्थाको बारेमा चासो बढ्दै गएको छ। मुस्लिम धर्मावलम्बीको बाहुल्यता रहेको कस्मिरमा हिन्दू राष्ट्रवादी सरकारले कस्मिरलाई दिएको विशेष अधिकारसम्बन्धी अनुच्छेद ३७० खारेजपछि इन्टरनेट सेवासमेत अगस्टदेखि बन्द रहेको छ।
यसअघि डिसेम्बरमा पाकिस्तानका विदेशमन्त्री शाह मोहमूद करेसीले यहाँको अवस्थाका बारेमा सुरक्षा परिषदको ध्यानाकर्षणसमेत गराएका थिए।
‘अवस्थाको गम्भीरता र थप वृद्धिको जोखिमलाई ध्यानमा राख्दै चीनले पाकिस्तानको अनुरोधलाई पनि प्रतिबिम्बित गर्न चाहन्छ र जम्मू कश्मीरको अवस्थाबारे परिषद्को संक्षिप्त जानकारी दिन चाहन्छ’ चीनले परिषद्का सदस्यलाई लेखेको नोटको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यम रोयटर्सले उल्लेख गरेको कतारी संचार माध्यम अलजजिराले लेखेको छ।


















