Prakash Adhikari December 18, 2019

 

नयाँदिल्ली(भारत),२ पुस(एजेन्सी) ।  भारत प्रशासित क्षेत्र कस्मिरको विषयमा राष्ट्रसंघ सुरक्षा परिषद्मा छलफल हुनुपर्ने माग गरेको चीनले अन्तिम समयमा आफ्नो प्रस्ताव फिर्ता लिएको छ।

मंगलबार न्युयोर्कस्थित सुरक्षा परिषद्मा कस्मिरको विषयमा छलफल हुने तय भएको थियो

तर सुरक्षा परिषद्का सदस्यहरुले चीनको प्रस्तावको विरोध गरेपछि चीन आफ्नो प्रस्ताव फिर्ता लिन बाध्य भएको हो।

अन्य देशहरुले कस्मिरको विषय भारत र पाकिस्तानको आन्तरिक विषय भएकाले चीनले त्यसमा चासो दिन नहुने भन्दै विरोध जनाएका थिए।

बेलायतले चीनलाई आन्तरिक मामिलामा दख्खल नदिन भनेको थियो।

पाकिस्तानले बारम्बार कस्मिरको विषय अन्तर्राष्ट्रियकरण गरिनु पर्ने बताउँदै आएको छ।

भारतले जम्मु कस्मिरलाई दिँदै आएको विशेषाधिकार हटाएपछि पाकिस्तानले सुरुवात देखि त्यसको विरोध गर्दै आएको छ।

संविधानको धारा ३७० हटाएर भारतले मुस्लिम बाहुल क्षेत्र जम्मु कस्मिरलाई केन्द्र शासित बनाएपछि पाकिस्तानले यस कार्य मुसलमानलाई विलय गर्ने प्रयासको रुपमा हेरेको छ।

कस्मिरमा केन्द्र सरकारले मानवअधिकार उल्लंघन गरेका खबरहरु पनि सार्वजनिक भएका छन्।

पाकिस्तानपछि पाकिस्तानको सहयोगी राष्ट्र चीनले पनि यस विषयमा छलफल गरिनु पर्ने भन्दै वैठक बस्न आग्रह गरेपछि सुरक्षा परिषद्मा कस्मिरको विषयमा मंगलबार वैठक बस्न लागेको थियो।

तर छलफल भने हुन सकेन। गत अगष्टमा पाकिस्तानले पनि कस्मिरको विषयमा वैठक गर्नु पर्ने बताएको थियो। एजेन्सी

Share Now

Leave a comment.