Prakash Adhikari January 12, 2020

काठमाडौं, २७ पौष । प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने प्रस्ताव प्रदेशसभाद्धारा सर्वसम्मतिले पारित भएको छ।

प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम बाग्मती राख्ने निर्णय गरेको हो।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको नाम बाग्मती राख्ने प्रस्तावको पक्षमा १ सय ८ मत परेको निर्णय सुनाउनुभएको थियो।

प्रदेशसभामा १ सय १० सांसद भए पनि आइतबारको बैठकमा १ सय ८ जना मात्रै उपस्थित थिए।

बैठकले राजधानी हेटौंडा राख्ने निर्णय पनि गरेको छ।

हेटौंडा राजधानी राख्ने पक्षमा १ सय ५ मतले पािरत भएको थियो आएको थियो।

यसपूर्व प्रदेश सभामा निर्णयार्थ प्रस्तुत गरी मतदानमा लागिएको प्रदेशको राजधानी धुलिखेल राख्ने विवेकशीलको प्रस्ताव दुईतिहाई बढी मतले अस्वीकृत भएको थियो।

मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी हेटौंडा राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका गर्नुभएको थियो भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नाम बाग्मती राख्ने प्रस्ताव प्रदेशसभामा पेश गर्नुभएको थियो।

नेकपा, कांग्रेस, राप्रपा, राप्रपा संयुक्तले राजधानी हेटौंडा र नाम बाग्मती राख्ने संयुक्त प्रस्ताव पेश गरेपछि निर्णयका लागि मतदान गरिएको थियो।

Share Now

Leave a comment.