काठमाडौं, २१ फागुन । मंगलबार अर्थमन्त्री तथा संचारमन्त्रीबाट राजीनामा दिनुभएका डा युवराज खतिवडालाई प्रधानमन्त्री के.पी.शर्मा ओलीको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयले विज्ञप्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७८ को उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्त गरिएको र उहाँलाई अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएको उल्लेख छ । ।
राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई बुधबार नै पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम रहेको छ ।
संविधान अनुसार डा. खतिवडा ६ महिनाभित्रमा संघीय सांसद्को सदस्य बन्न नसकेमा उहाँ ६ महिनापछि स्वतः पदमुक्त हुनुहुनेछ ।



















