Prakash Adhikari March 10, 2020

 

काठमाडौं,२७ फागुन । कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा मन्दी आएसंगै विश्व सेयर बजारमा आएको गिरावटबाट नेपालको सेयर बजार पनि प्रभावित भएको छ । आज बजारमा तीन पटक नकारात्मक सर्किट लागेर सबा २ घण्टामा नै कारोबार बन्द हुन गयो ।

चारदिनको बिदापछि मंगलबार खुलेको नेपालको सेयर बजार बाह्य प्रभाव नभएको भए आज उकासिने आशा थियो । अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन बिहिबार बजार ओरालो लागेर बन्द भएको थियो ।

तर सोमबार विश्व सेयर बजारमा २००८ को मन्दीको सरह गिरावट आएको जानकारीसंगै आज बजार खुल्ने वित्तिकै बिक्रीको चाप बढ्न गयो । बजार खुलेको एक घण्टामा ४ प्रतिशतले नेप्से परिसूचक घटेपछि पहिलो पटक २० मिनेटको लागि बजार बन्द भयो ।

पहिलो पटक ब्रेक लागेर १२ः२० मा खुलेको कारोबार दोस्रो पटक १२ः३० मा ५.०२ प्रतिशतले बजार घट्न पुग्दा पुनः ब्रेक लाग्यो ।

त्यसको ४० मिनेटपछि १ बजेर १० मिनेटमा खुलेको बजार पनि धेरै समय टिकेन । ३ मिनेटमा नै नेप्से परिसूचक ६ प्रतिशतले घट्न पुग्यो । परिसूचक ६ प्रतिशतले घटेपछि दिनभरको कारोबार बन्द गर्नेनेपाल स्टक एक्सचेञ्जले आजका कारोबार पूर्ण रुपमा बन्द गरेको छ ।नेपाल स्टक एक्सचेञ्ज नियमावलीमा कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बिचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बिचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

मंगलबार नेप्से परिसूचक ८६ दशमलव ३९ अंकले घटेर १३४९ दशमलव ३१ अंकमा झरेको छ ।

करिब १ घण्टा १३ मिनेट (दुई पटकको गरी १ घण्टाको सर्किट ब्रेकको समय कटाउदा) भएको मंगलबारको सेयर बजारमा २७ लाख ३५ हजार ४ सय १८ कित्ता सेयरको किनबेचबाट करिब १ अर्ब ७ करोड ६७ लाख रूपैयाँको कारोबार भएको थियो ।

Top Gainers

Symbol LTP % Change
As of 2020-03-10 15:00:00
NIBSF1 10.48 3.76238
RMDC 742.00 1.92308
CMF1 9.80 1.65975
GHL 67.00 1.51515
UPCL 77.00 1.31579
BARUN 96.00 1.05263
KPCL 113.00 0.892857
MERO 665.00 0.150602

मंगलबारको एक घण्टाको कारोबारमा किनबेच भएका १ सय ६१ कम्पनी मध्ये ८ कम्पनीको मूल्य अघिल्लो कारोबारको दिनभन्दा बढेको थियो । ७ कम्पनीको अघिल्लो कारोबार मूल्यमा नै किनबेच भयो भने बाँकी १ सय ४६ कम्पनीका सेयरको मूल्य घटेको थियो ।

 

Top Losers

Symbol LTP % Change
As of 2020-03-10 15:00:00
LICN 1,350.00 -10
NIL 531.00 -10
EIC 370.00 -9.97567
SBI 419.00 -9.89247
NLICL 645.00 -9.79021
MFIL 288.00 -9.71787
SCB 632.00 -9.71429
STC 2,410.00 -9.56848
CBBL 970.00 -9.34579
SHIVM 535.00 -9.32203
NADEP 633.00 -9.31232
UIC 343.00 -9.01857
FMDBL 468.00 -8.94942
GILB 1,242.00 -8.94428
SAPDBL 128.00 -8.57143
NICA 526.00 -8.52174
MEGA 217.00 -8.43882
GLICL 453.00 -8.29959
NLIC 1,148.00 -8.23341
GBBL 236.00 -8.17121
MSMBS 697.00 -8.16864
SLICL 428.00 -8.15451
NMB 423.00 -8.04348
MDB 360.00 -8.04128
Share Now

Leave a comment.