Prakash Adhikari March 10, 2020

 

काठमाडौं,२७ फागुन । नेपालबाट कतारका लागि उडान गर्ने नेपाल वायुसेवा निगम र हिमालयन एअरलाइन्सले दोहाको नियमित उडान मंगलबारदेखि नै स्थगित गरेका छन् ।

सोमबार कतारले कोरोना भाइरसबाट बच्न नेपालसहित कोरोनाको उच्च जोखिममा रहेका१४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएपछि नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले कतारको दोहा उडान स्थगित गरेका हुन्।

यता हिमालयन एअरलाइन्सले अर्को सूचना जारी नभएसम्म काठमाडौंबाट कतारका लागि निर्धारित उडान स्थगन गरेको जनाएको छ । एयरलाइन्सले ९ मार्चपछिका लागि लिएका सबै टिकट फिर्ता गर्न सकिने वा बिना कुनै अतिरिक्त शुल्क मिति परिवर्तन गर्न सकिने जानकारी दिएको छ । कोरोनाको प्रकोप देखिएपछि हिमालय एयरलाइन्सले चीनका गन्तव्यका उडान समेत स्थगित गरेको थियो ।

कतारले सोमबारदेखि लागू हुने गरि नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका र थाइल्याण्डका नागरिकलाई तत्काललाई अस्थायी रुपमा प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो।

कतार प्रवेशमा रोक लगाए पनि कतारले ट्रान्जिटका यात्रु भने रोकेको छैन । कतार हुदै यूरोप तथा अमेरिकी मुलुक जान भने ट्रान्जिटमा नेपालीलाई निषेध गरिएको छैन ।

Share Now

Leave a comment.