काठमाडौं, १२ चैत्र (बीबीसीबाट) । विश्वभर तीव्र गतिमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आम नागरिकलाई जोगाउन भारतमा तीन हप्ताको लागि लक डाउन गरिएको छ ।
लक डाउनको समय मंगलबार राति १२ :०० बजेबाट सुरु भएको थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति देशका नाममा संबोधन गर्दै आगामी तीन हप्ता देशका लागि अत्यन्त महत्वपूर्ण भएको बताउदै यी २१ दिनलाई बेपर्वाह गरेमा देश २१ बर्ष पछि पर्ने भएकोले लकडाउनको अवधिभर स्वयं नियन्त्रणमा रहन आग्रह गर्नुभएको छ ।
उहाँले जो जहाँ छ, त्यही बसेर आफू र आफ्नो परिवार,समाज र देशलाई सुरक्षित बनाउन आग्रह गर्दै भन्नुभएको छ,’तपाईको एक अनावश्यक कदमले कोरोना जस्तो गम्भीर रोग घरमा ल्याउन सक्छ ।’
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका सबै प्रदेश,केन्द्रशासित प्रदेश,जिल्ला, नगर,गाउ,गल्लीहरु लक डाउन गरिएको र खाद्यान्न तथा औषधी आपूर्तिको सुलभ व्यवस्था मिलाइएको बताउनुभएको छ ।
भारतीय प्रधानमन्त्रीले आफ््नो सन्देशमा विरामीहरुको विशेष प्रबन्ध गरिएको र स्वास्थ्यको पूर्वाधार मजबूत बनाउन केन्द्र सरकार १५ हजार करोड़ रुपैयाको व्यवस्था गरेको बताउनुभएको छ । उहाँले नागरिकलाई आश्वस्त तुल्याउदै भन्नुभएको छ, ‘तपाइ घरबाट बाहिर ननिस्कनुस र घरमै बस्ने एउटै काम गर्नुस् मेरो प्रार्थना छ ।’
उहाँले भन्नुभएको छ,’२१ दिन का लकडाउन लामो समय हो तर आफ्नो र परिवारका सदस्यको जीवनरक्षाको लागि उत्तिकै महत्वपूर्ण पनि ।’
उहाँले संकटको यस घडीमा हरेक भारतीय नागरिकले सरकार र स्थानीय प्रशासनबाट जारी निर्देशनको पालन गर्नेमा आफू पूर्ण विश्वस्त भएको बताउनुभएको छ ।
न्यूयोर्कमा २ सयको मृत्यु
न्यूयोर्कका गभर्नर एन्ड्रयू कुमाओले मंगलबार कोरोनाभाइरसको संक्रमण बुलेट ट्रेनको गतिमा फैलिरहेको रहेको र न्यूयोर्क कोरोना भाइरस संक्रमणको लागि अमेरिकाको केन्द्र जस्तो बनेको बताउनुभएको छ ।
न्यूयोर्कमा अहिलेसम्म २ हजार ५ सय जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ भने २ सयको ज्यान गैसकेको छ ।
फ्रान्समा मर्नेको संख्या १ हजारमाथि
कोरोनाले प्रभावित फ्रान्समा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणको कारण २ सय ४० जनाको ज्यान गएको छ । यो संगै कोरोना भाइरसबाट फ्रान्समा मर्नेहरुको संख्या १ हजार १ सय पुगेको छ । फ्रान्समा कोरोना भाइरस संक्रमणको २ हजार ४ सय ४४ नयाँ घट्नाहरु सामुन्ने आएका छन् । फ्रान्समा कोरोना भाइरसको संक्रमणका कूल २२ हजार ३ सय घट्नाहरु सार्वजनिक भएका छन् ।
१७ मार्च देखि नै फ़्रांस लकडाउनको अवस्थामा छ । १५ दिनको लागि लगाइएको यो पावन्दी अरु थप्ने कुरा भैरहेको छ ।
इटाली मा मंगलवार ७ सय ४३ को मृत्यु
कोरोना भाइरसको संक्रमणका कारण इटालीमा मंगलबार ७ सय ४३ जनाको मृत्यु भएको छ । यो सोमबारको भन्दा १ सय ४१ बढी हो । इटालीमा कोरोना भाइरसको कारण हालसम्म ६ हजार ८ सय २० जनाको मृत्यु भैसकेको छ ।
आइतबार र सोमबार इटालीमा मृत्युको संख्यामा कमी आएको थियो तर मंगलबार फेरी बढ्यो ।
चीनबाट सुरु भएको कोरोनाले संसारको सबैभन्दा बढी जनसंख्या भएको चीनमाभन्दा कसरी इटालीमा बढी मानिसको ज्यान लियो भन्नेमा विश्लेषकहरु आश्चर्यमा परेका छन् । उनीहरुका अनुसार चिनिया नागरिकको भन्दा इटालीको नागरिकको सामाजिक व्यवहार फरक भएकोले यस्तो हुन गएको उनीहरुको अनुमान छ । इटालीका नागरिकहरु बढी सामूहिक कार्यक्रममा रहने,क्लब,खेलकुद, र कन्सर्टमा रमाउनुका साथै एकापसमा भेट्दा आलिड.मा बाधिने र म्वाई खाने चलनले कोरोनाको संक्रमण बढ्न मद्दत पुर्याएको विश्लेषकहरुको दावी छ । इटालीमा हालसम्म ६९ हजार १ सय ७६ जनालाई संक्रमण भएको बताएको छ ।





















