Prakash Adhikari April 2, 2020

 

काठमाडौं, २० चैत्र । छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम को वाइड बडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ ।

कोरोना भाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो जहाज ग्वाङजाओ उडेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विहान ११ः३० मा उडान गरेको सो जहाज ग्वाङजाओ पुगेर आजै राति काठमाडौँ फर्कने जानकारी विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले दिनुभएको छ ।

यसअघि बुधबार राती १० ः३० बजे निगमको अर्को वाइडबडी जहाज अष्ट्रेलियन र न्यूजिल्याण्डका नागरिक बोकेर मलेसिया हुदैँ अष्ट्रेलियाको शहर ब्रिसबेन पुगेको छ । सो जहाज आजै राति फर्कने उडान तालिका रहेको छ ।

यसअघि चैत १६ गते निगमको वाइड बडी जहाजले ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याइएको थियो ।

देश लकडाउनको अवस्थामा निगमले विभिन्न मुलुकमा चार्टर्ड तथा कार्गो उडान गरिरहेको छ । चीनका साङ्घाईलगायत गन्तब्य र श्रीलंकाको कोलम्बो उडानका लागि पनि प्रक्रिया अघि बढेको निगमले उल्लेख गरेको छ ।

मलेसियन जहाजले लग्यो नेदरल्याण्डका नागरिक

लकडाउनका कारण नेपालमा रोकिएका १ सय २४ जना नेदरल्यान्डका नागरिक घर फर्किएका छन् । उनीहरु आज विहान मलेसिया एयरलाइन्सको चार्टर्ड जहाज मार्फत स्वदेश गएका हुन् । यसअघि अष्ट्रेलिया, अमेरिका तथा युरोपका फ्रान्स, जर्मीनी लगायत देशले आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरी सम्बन्ध्ति मुलुक लगेका थिए ।

निगमको एउटा वाइडबडी जहाज बुधबार २ सय ६४ यात्रुसहित अष्ट्रेलियाको ब्रिसबेनमा चार्टड फ्लाइट गरेको थियो भने तथा कतार एयरवेजले जर्मनी , फ्रान्स र अमेरिकी नागरिकहरुलाई स्वेदश फर्काउन नेपालबाट चार्टड उडान गरेको थियो ।

नेपाल वायुसेवा निगम अझै पनि यूरोपियन युनियनको कालो सूचीमा रहेकोले यूरोपका मुलुकहरुले चाहेर पनि निगमका जहाजहरु चार्टड गरी आफ्नो मुुलुकमा लैजान सक्दैनन् ।

Share Now

Leave a comment.