Prakash Adhikari April 3, 2020

 

पोखरा(कास्की), २१ चैत्र । भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजिटिभ देखिएको हो । यसको पुनर्पुष्टिका लागि उनको स्वाब नमूना काठमाण्डौं पठाइएको थियो।

गण्डकी प्रदेश स्तरीय कोरोना नियन्त्रण तथा ब्यवस्थापन समन्वय समितिका संयोजक एवं‌ आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकीमा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको सञ्चार माध्यमलाई जानकारी दिनुभएको छ।

‘हामीले पीसीआर मेसिन परीक्षणकै रुपमा सञ्चालन गरेका छौं। यसरी सञ्चालन गर्दाखेरी यहाँको परीक्षणको क्रममा एकजनाको रिपोर्ट कोरोना पोजिटिभ देखियो,’ मन्त्री गुरुड.ले भन्नुभयो, ‘यसको कन्फर्म गर्नका लागि काठमाडौं पठाएका छौं। उताबाट पनि पोजिटिभ आयो भने घोषणा गर्छौं।’

सरकारले कोरोनाभाइरसको संक्रमणको परीक्षणको सुविधा प्रदेश स्तरमा समेत बढाएपछि पोखरामा कोरोना संक्रमित भेटिएका हुन ।

योसहित नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७ पुगेको छ ।

संक्रमित मध्ये सबै विदेश भ्रमणबाट आएका भेटिएका छन् ।

संक्रमित मध्ये एक जना उपचारपछि स्वस्थ्य भएर घर फकिईसकेका छन् ।

Share Now

Leave a comment.