Prakash Adhikari April 7, 2020

काठमाडौं, २५ चैत्र । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारी शपथग्रहण सकिदा नसकिदै पुन: शैक्षिक योग्यताको झमेलामा पर्नुभएको छ ।

भारतबाट सन् १९९३ मा चार्टर्ड एकाउन्टेन्ट पास गर्नुभएका नवनियुक्त गभर्नर अधिकारीको योग्यता नेपाल राष्ट्रबैंक ऐन २०५८ मा किटानी व्यवस्था भए अनुरुप नपुगेको भनी उहाँका विरुद्धमा सामाजिक सञ्जालमा टिकाटिप्णी आउन थालेका छन् ।

१९८९ मा आर्थिक प्रशासनमा स्नातक गनुभएका नवनियुक्त गभर्नर अधिकारीको उच्च शैक्षिक योग्यता चार्टर्ड एकाउन्टेण्ट नै हो , तर नेपाल राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ३ दफा २० (ग)मा गर्भनर, डेपुटी गभर्नरको शैक्षिक योग्यता स्पष्ट रुपमा लेखिएको छ, आर्थिक, मौद्रिक, बैड्ड्ग, वित्तीय, बाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांड्ढशास्त्र, गणित तथा कानून विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैड्ढिड्ड, वित्तीय वा वाणिज्य कानूनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको भनेर । यस दफाको कार्य अनुभवलाई यसरी परिभाषित गरिएको छ,(स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “कार्य अनुभव” भन्नाले नेपाल सरकार वा बैंकको बिशिष्ठ श्रेणीको पद वा विश्व विद्यालयको प्राध्यापक वा “क” श्रेणीको वाणिज्य बैंक वा वित्तीय सस्थाको कार्यकारी प्रमुख वा अन्तर्राष्ट्रिय संघ, संस्थाको कार्यकारी तहको पद वा सो सरहको पद वा मर्यादाक्रमको हिसाबले सो पद भन्दा उच्च पदमा कार्य गरेको कार्य अनुभव सम्झनु पर्छ ।)


 

नेपाल राष्ट्र बैंक ऐन, २०५८

 

परिच्छेद ३ समितिको गठन तथा काम, कर्तव्य र अधिकार

१४. सञ्चालक समितिको गठनः बैंकमा देहायका सदस्य भएको एउटा सञ्चालक समिति हुनेछः–
(क) गभर्नर –अध्यक्ष
(ख) सचिव, अर्थ मन्त्रालय –सदस्य
(ग) दुईजना डेपुटी गभर्नर –सदस्य
(घ) आर्थिक, मौद्रिक, बैड्ढिड्ड, वित्तीय, तथा बाणिज्य कानूनको क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुमध्येबाट नेपाल सरकारले नियुक्त गरेका तीनजना सञ्चालक – सदस्य
१५. गभर्नरको नियुक्तिः (१) नेपाल सरकार, मन्त्रिपरिषद्ले उपदफा (२) बमोजिम गठन भएको सिफारिस समितिको सिफारिसको आधारमा गभर्नरको नियुक्ति गर्नेछ ।
(२) नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको नियुक्ति गर्न देहाय बमोजिम सिफारिस समितिको गठन गर्नेछः–
(क)अर्थ मन्त्री– अध्यक्ष
(ख)पूर्व गभर्नरहरूमध्येबाट एकजना– सदस्य
(ग)आर्थिक, मौद्रिक, बैड्ढिड्ड, वित्तीय तथा बाणिज्य कानूनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु मध्येबाट नेपाल सरकारले तोकेको एकजना व्यक्ति– सदस्य
(३) उपदफा (२) बमोजिम गठन भएको समितिले गभर्नरको नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैड्ढिड्ड, वित्तीय, बाणिज्य, व्यवस्थापन तथा बाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरहरूमध्येबाट तीनजनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।
(४) नेपाल सरकार, मन्त्रिपरिषद्ले उपदफा (३) बमोजिम सिफारिस भएका नाममध्येबाट एक जनालाई गभर्नर पदमा नियुक्त गर्नेछ ।
१६. डेपुटी गभर्नरको नियुक्तिः (१) नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको सिफारिशमा डेपुटी गभर्नरको नियुक्ति गर्नेछ ।
(२) उपदफा (१) बमोजिम गभर्नरले डेपुटी गभर्नर पदमा नियुक्तिको लागि सिफारिश गर्दा बैंकका विशिष्ट श्रेणीका अधिकृतहरुमध्येबाट कार्यक्षमताको आधारमा रिक्त पदको दोब्बर संख्यामा नामावली सिफारिश गर्नु पर्नेछ ।
(३) यस दफा बमोजिम डेपुटी गभर्नर पदमा नियुक्त भएको व्यक्ति बैंकको सेवाबाट स्वतः निवृत्त भएको मानिनेछ ।
१७. सञ्चालकको नियुक्तिः (१) नेपाल सरकार, मन्त्रिपरिषद्ले सञ्चालकको नियुक्ति गर्नेछ ।
(२) नेपाल सरकार, मन्त्रिपरिषद्ले उपदफा (१) बमोजिम सञ्चालकको नियुक्ति गर्दा आर्थिक, मौद्रिक, बैड्ढिड्ड, वित्तीय, बाणिज्य, व्यवस्थापन तथा बाणिज्य कानून क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुमध्ये अलग अलग क्षेत्रको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।
१८. सञ्चालकको कार्यकालः (१) गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको कार्यकाल पाँच वर्षको हुनेछ ।
(२) नेपाल सरकारले मनासिव देखेमा कार्यकाल समाप्त भएको गभर्नरलाई पुनः एक पटकको कार्यकालको निमित्त र सञ्चालकलाई जति सुकै पटकको कार्यकालको निमित्त पनि पुनः नियुक्ति गर्न सक्नेछ ।
१९. सञ्चालकको पारिश्रमिक तथा अन्य सुविधाः गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको पारिश्रमिक तथा अन्य सुविधा समितिले तोकेबमोजिम हुनेछ ।
२०. सञ्चालकको योग्यताः गभर्नर, डेपुटी गभर्नर र सञ्चालक पदमा नियुक्ति हुनको लागि देहाय बमोजिम योग्यता पुगेको व्यक्ति हुनु पर्नेछः–
(क) नेपालको नागरिक भएको,
(ख) उच्च नैतिक चरित्र भएको,
(ग) आर्थिक, मौद्रिक, बैड्ड्ग, वित्तीय, बाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांड्ढशास्त्र, गणित तथा कानून विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैड्ढिड्ड, वित्तीय वा वाणिज्य कानूनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको,
स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “कार्य अनुभव” भन्नाले नेपाल सरकार वा बैंकको बिशिष्ठ श्रेणीको पद वा विश्व विद्यालयको प्राध्यापक वा “क” श्रेणीको वाणिज्य बैंक वा वित्तीय सस्थाको कार्यकारी प्रमुख वा अन्तर्राष्ट्रिय संघ, संस्थाको कार्यकारी तहको पद वा सो सरहको पद वा मर्यादाक्रमको हिसाबले सो पद भन्दा उच्च पदमा कार्य गरेको कार्य अनुभव सम्झनु पर्छ ।
(घ) दफा २१ बमोजिम अयोग्य नभएको ।
२१. सञ्चालकको अयोग्यताः देहायका कुनै पनि व्यक्ति गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुने छैनः–
(क) राजनैतिक दलको सदस्य वा पदाधिकारी, वा
(ख) वाणिज्य बैंक वा वित्तीय संस्थासंगको कुनै कारोबारमा कालो सूचीमा परेको व्यक्ति, वा
(ग) वाणिज्य बैंक तथा वित्तीय संस्थाको बहालवाला पदाधिकारी, वा
(घ) वाणिज्य बैंक तथा वित्तीय संस्थामा पाँच प्रतिशत वा सो भन्दा बढी शेयर वा मतदानको अधिकार भएको व्यक्ति, वा
(ङ) ऋण तिर्न नसकी साहूको दामासाहीमा परेको व्यक्ति,
(च) बहुलाएको व्यक्ति, वा
(छ) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट सजाय पाएको व्यक्ति ।
२२. सञ्चालक पदमुक्त हुने अवस्थाः (१) नेपाल सरकार, मन्त्रिपरिषद्ले उपदफा (५) बमोजिम पदमुक्त हुने अवस्थामा पुगेका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकलाई पदमुक्त गर्नेछ ।
तर नेपाल सरकारले यसरी पदमुक्त गर्नु भन्दा अघि सम्बन्धित व्यक्तिलाई आफनो सफाई पेश गर्ने उचित अवसरबाट बन्चित गर्ने छैन ।
(२) नेपाल सरकारले उपदफा (१) बमोजिम गभर्नरलाई पदमुक्त गर्दा दफा २३ बमोजिम गठन भएको जाँचबुझ समितिको सिफारिसमा गर्नेछ ।
(३) नेपाल सरकारले उपदफा (१) बमोजिम सञ्चालक वा डेपुटी गभर्नरलाई पदमुक्त गर्दा समितिबाट छानबिन गराई समितिले पेश गरेको सिफारिसको आधारमा गर्नेछ ।
(४) नेपाल सरकारले उपदफा (१) बमोजिम गभर्नर, डेपुटी गभर्नर र सञ्चालकलाई पदमुक्त गर्ने प्रकृया शुरु गर्नासाथ निजहरु आफनो पदबाट स्वतः निलम्बन भएको मानिनेछन ।
(५)  गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक देहायको कुनै अवस्थामा पद मुक्त हुनेछन ः–
(क) दफा २१ बमोजिम सञ्चालक हुन अयोग्य भएमा, वा
(ख)यस ऐन बमोजिम बैंकको उद्देश्य हासिल गर्नको निमित्त बैंकले गर्नु पर्ने कार्यहरु कार्यान्वयन गर्न, गराउन कार्य क्षमताको अभाव भएमा, वा
(ग)मुलुकको बैड्ढिड्ड तथा वित्तीय व्यवस्थामा हानी नोक्सानी पुग्ने कार्य गरेको देखिएमा, वा
(घ)बैंकको काम कारबाहीमा बेइमानी वा बदनियत गरेको देखिएमा, वा
(ङ)खराब आचरणको कारणबाट कुनै पेशा वा व्यवसाय गर्नबाट अयोग्य ठह¥याई प्रमाणपत्र खोसिएको वा व्यवसाय गर्न रोक लगाइएकोमा, वा
(च)मनासिब माफिकको कारण बिना लगातार तीन पटक भन्दा बढी समितिको बैठकमा अनुपस्थित भएमा ।
(६) उपदफा (५) मा उल्लेख भए बमोजिमको अवस्था बाहेक अन्य कारणबाट गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकलाई हटाउन सकिने छैन

नवनियुक्त गभर्नर अधिकारीको व्यक्तिगत विवरणको शैक्षिक योग्यतामा उहाँले आजसम्म स्नातकोत्तर गर्नुभएको उल्लेख गर्नुभएको छैन् ।

तर राजनीतिक भागवण्डा,सन्तुलन र नेताहरुको निकटता र आर्शिवादले उहाँले स्नातकोत्तर कै योग्यता चाहिने डेपुटी गभर्नर र लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाउनुभयो र कुशलतापूर्वक सम्हाल्नुभयो पनि ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उहाँलाई नियुक्त गरिएपछि उहाँको शैक्षिक योग्यताका विषयमा सर्वोच्च अदालतमा समेत मुद्दा परेको थियो ।


लगानी बोर्ड ऐन २०६८

१३. कार्यकारी प्रमुख

 (१) बोर्डको  दैनिक प्रशासन सञ्चालन र बोर्डको कार्य सम्पादन गर्न बोर्डमा एक कार्यकारी प्रमुख रहनेछ ।
(२) कार्यकारी प्रमुख बोर्डमा पुरा समय काम गर्ने प्रमुख प्रशासकीय पदाधिकारी हुनेछ र निजको पारिश्रमिक र अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
(३) देहायको योग्यता पुगेको नेपाली नागरिक कार्यकारी प्रमुख पदमा नियुक्त हुन सक्नेछ :–
(क) मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इञ्जिनियरिङ्ग वा परियोजना विश्लेषण, वाणिज्य–कानून विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव सहित उच्चस्तरको दक्षता भएको,
(ख) पैंतीस वर्र्ष उमेर पुरा भएको ।
(४) कार्यकारी प्रमुखको नियुक्तिका लागि बोर्ड समक्ष सिफारिस गर्न नेपाल सरकारले बोर्डको उपाध्यक्षको संयोजकत्वमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल सरकारको एकजना पूर्व सचिव सदस्य रहेको एक छनौट समितिको गठन गर्नेछ र त्यस्तो समितिले प्रतिस्पर्धाको आधारमा तोकिए बमोजिमको कार्यविधि पुरा गरी कार्यकारी प्रमुखको नियुक्तिका लागि तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ ।
(५) उपदफा (४) बमोजिम सिफारिस भएका व्यक्तिहरुमध्ये एकजनालाई नेपाल सरकार, मन्त्रिपरिषद्ले कार्यकारी प्रमुख पदमा नियुक्त गर्नेछ ।
(६) कार्यकारी प्रमुखको पदावधि चार वर्षको हुनेछ र निज अर्को एक अवधिका लागि पुनः नियुक्त हुन सक्नेछ ।
(७) देहायको अवस्थामा कार्यकारी प्रमुखको पद रिक्त हुनेछ :–
(क) निजले आफ्नो पदबाट बोर्ड समक्ष राजीनामा दिएमा,
(ख) निजको मृत्यु भएमा ।
(ग) निजको कार्यसम्पादनको स्तर सन्तोषजनक नभई नेपाल सरकारले हटाएमा,
(घ) निजको पदावधि पुरा भएमा,
(८) उपदफा (७) को खण्ड (ग) बमोजिम नेपाल सरकारले कार्यकारी प्रमुखलाई निजको पदबाट हटाउनु अघि तोकिए बमोजिम सफाइको मौका दिनु पर्नेछ ।

नेपालका केही विश्वविद्यालयहरुले प्रवीणता प्रमाणपत्र तह वा प्लस टु गरेपछि हासिल गरिएको चार्टड एकाउन्टेण्टको उपाधीलाई स्नातक र स्नातकपछि हासिल गरिएको उपाधीलाई स्नातोकत्तरसरहको मान्यता दिने गरेका छन् । त्यसैले उहाँका पक्षमा वकालत गर्नेहरुले उहाँको शैक्षिक योग्यता स्नातकोत्तर सरहभएको मान्नुपर्ने तर्क पनि गरिरहेका छन् ।

तर कानुनविद्हरुको राय के देखिन्छ भने ऐनमा स्पष्ट कुनै योग्यता किटानी भएको र सो सरह नभनिएको हुनाले राष्ट्र बैंक जस्तो देशको केन्द्रीय बैंक, मौद्रिक र वित्तीय मामिलामा सरकारको सल्लाहकारको जिम्मेवारी प्राप्त र देशको वित्तीय क्षेत्रको विकास,विस्तार र नियमन गर्ने निकायको सर्वोच्च पदाधिकारीको बारेमा ऐनले किटानी व्यवस्था गरेभन्दा बाहिर गएर नियुक्ति हुनु उचित कार्य होइन । देशमा ऐनले किटानी व्यवस्था गरेका आर्थिक, मौद्रिक, बैड्ड्ग, वित्तीय, बाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांड्ढशास्त्र, गणित तथा कानून विषयमा कम्तिमा स्नातकोत्तर गरेका अनगिन्ती प्रतिभाहरु छन् ।

गभर्नर नियुक्तिको विषय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र र बाहिर पनि विवादको विषय बन्ने निश्चित देखिएको छ । नेकपाका उच्च पदाधिकारीले दिएको जानकारी अनुसार गभर्नर नियुक्तिको सिफारिस समितिको सिफारिस देखि नै विवादको विजांकुर भएको हो । सत्तारुढ नेकपाभित्र पूर्व माओवादी समूहमा राज्य सञ्चालनमा पूर्व माओवादीहरुलाई किनारा पार्दै लगिएको महसुस गरिरहेका छन् ।

अर्थमन्त्रालय अन्तरगतको वित्तीय क्षेत्र नियमनकारी निकायमध्ये नेपाल धितोपत्र बोर्डमा पूर्व एमाले निकट भीष्म ढुंगानालाई अध्यक्ष नियुक्ति गरिएपछि केन्द्रीय बैंकको गभर्नरमा पूर्व माओवादी निकट अर्थशास्त्रीहरुले ठूलो अपेक्षा लिएर बसेका थिए । तर आइतबार साँझ अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको गभर्नर सिफारिस समितिले पूर्व अर्थसचिव राजन खनाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नाम सिफारिस गरेको थाहापाएपछि पूर्वमाओवादीका तर्फबाट यसको विरोध भयो । र सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा पूर्व अर्थसचिव राजन खनालको नाम काटेर पूर्वमाओवादी निकट अर्थशास्त्री डा.मिनबहादुर श्रेष्ठको नाम राखेर गभर्नर नियुक्तिको निमित्त पेश गरियो । सोही सूचीबाट महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकका १७ औं गभर्नरमा नियुक्ति गरियो ।

 

Share Now

Leave a comment.