काठमाडौं, २५ चैत्र । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारी शपथग्रहण सकिदा नसकिदै पुन: शैक्षिक योग्यताको झमेलामा पर्नुभएको छ ।
भारतबाट सन् १९९३ मा चार्टर्ड एकाउन्टेन्ट पास गर्नुभएका नवनियुक्त गभर्नर अधिकारीको योग्यता नेपाल राष्ट्रबैंक ऐन २०५८ मा किटानी व्यवस्था भए अनुरुप नपुगेको भनी उहाँका विरुद्धमा सामाजिक सञ्जालमा टिकाटिप्णी आउन थालेका छन् ।
१९८९ मा आर्थिक प्रशासनमा स्नातक गनुभएका नवनियुक्त गभर्नर अधिकारीको उच्च शैक्षिक योग्यता चार्टर्ड एकाउन्टेण्ट नै हो , तर नेपाल राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ३ दफा २० (ग)मा गर्भनर, डेपुटी गभर्नरको शैक्षिक योग्यता स्पष्ट रुपमा लेखिएको छ, आर्थिक, मौद्रिक, बैड्ड्ग, वित्तीय, बाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांड्ढशास्त्र, गणित तथा कानून विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैड्ढिड्ड, वित्तीय वा वाणिज्य कानूनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको भनेर । यस दफाको कार्य अनुभवलाई यसरी परिभाषित गरिएको छ,(स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “कार्य अनुभव” भन्नाले नेपाल सरकार वा बैंकको बिशिष्ठ श्रेणीको पद वा विश्व विद्यालयको प्राध्यापक वा “क” श्रेणीको वाणिज्य बैंक वा वित्तीय सस्थाको कार्यकारी प्रमुख वा अन्तर्राष्ट्रिय संघ, संस्थाको कार्यकारी तहको पद वा सो सरहको पद वा मर्यादाक्रमको हिसाबले सो पद भन्दा उच्च पदमा कार्य गरेको कार्य अनुभव सम्झनु पर्छ ।)
नेपाल राष्ट्र बैंक ऐन, २०५८
परिच्छेद ३ समितिको गठन तथा काम, कर्तव्य र अधिकार
नवनियुक्त गभर्नर अधिकारीको व्यक्तिगत विवरणको शैक्षिक योग्यतामा उहाँले आजसम्म स्नातकोत्तर गर्नुभएको उल्लेख गर्नुभएको छैन् ।
तर राजनीतिक भागवण्डा,सन्तुलन र नेताहरुको निकटता र आर्शिवादले उहाँले स्नातकोत्तर कै योग्यता चाहिने डेपुटी गभर्नर र लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाउनुभयो र कुशलतापूर्वक सम्हाल्नुभयो पनि ।
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उहाँलाई नियुक्त गरिएपछि उहाँको शैक्षिक योग्यताका विषयमा सर्वोच्च अदालतमा समेत मुद्दा परेको थियो ।
लगानी बोर्ड ऐन २०६८
१३. कार्यकारी प्रमुख
नेपालका केही विश्वविद्यालयहरुले प्रवीणता प्रमाणपत्र तह वा प्लस टु गरेपछि हासिल गरिएको चार्टड एकाउन्टेण्टको उपाधीलाई स्नातक र स्नातकपछि हासिल गरिएको उपाधीलाई स्नातोकत्तरसरहको मान्यता दिने गरेका छन् । त्यसैले उहाँका पक्षमा वकालत गर्नेहरुले उहाँको शैक्षिक योग्यता स्नातकोत्तर सरहभएको मान्नुपर्ने तर्क पनि गरिरहेका छन् ।
तर कानुनविद्हरुको राय के देखिन्छ भने ऐनमा स्पष्ट कुनै योग्यता किटानी भएको र सो सरह नभनिएको हुनाले राष्ट्र बैंक जस्तो देशको केन्द्रीय बैंक, मौद्रिक र वित्तीय मामिलामा सरकारको सल्लाहकारको जिम्मेवारी प्राप्त र देशको वित्तीय क्षेत्रको विकास,विस्तार र नियमन गर्ने निकायको सर्वोच्च पदाधिकारीको बारेमा ऐनले किटानी व्यवस्था गरेभन्दा बाहिर गएर नियुक्ति हुनु उचित कार्य होइन । देशमा ऐनले किटानी व्यवस्था गरेका आर्थिक, मौद्रिक, बैड्ड्ग, वित्तीय, बाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांड्ढशास्त्र, गणित तथा कानून विषयमा कम्तिमा स्नातकोत्तर गरेका अनगिन्ती प्रतिभाहरु छन् ।
गभर्नर नियुक्तिको विषय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र र बाहिर पनि विवादको विषय बन्ने निश्चित देखिएको छ । नेकपाका उच्च पदाधिकारीले दिएको जानकारी अनुसार गभर्नर नियुक्तिको सिफारिस समितिको सिफारिस देखि नै विवादको विजांकुर भएको हो । सत्तारुढ नेकपाभित्र पूर्व माओवादी समूहमा राज्य सञ्चालनमा पूर्व माओवादीहरुलाई किनारा पार्दै लगिएको महसुस गरिरहेका छन् ।
अर्थमन्त्रालय अन्तरगतको वित्तीय क्षेत्र नियमनकारी निकायमध्ये नेपाल धितोपत्र बोर्डमा पूर्व एमाले निकट भीष्म ढुंगानालाई अध्यक्ष नियुक्ति गरिएपछि केन्द्रीय बैंकको गभर्नरमा पूर्व माओवादी निकट अर्थशास्त्रीहरुले ठूलो अपेक्षा लिएर बसेका थिए । तर आइतबार साँझ अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको गभर्नर सिफारिस समितिले पूर्व अर्थसचिव राजन खनाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नाम सिफारिस गरेको थाहापाएपछि पूर्वमाओवादीका तर्फबाट यसको विरोध भयो । र सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा पूर्व अर्थसचिव राजन खनालको नाम काटेर पूर्वमाओवादी निकट अर्थशास्त्री डा.मिनबहादुर श्रेष्ठको नाम राखेर गभर्नर नियुक्तिको निमित्त पेश गरियो । सोही सूचीबाट महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकका १७ औं गभर्नरमा नियुक्ति गरियो ।



















